आजदेखि दमकमा फुड फेस्टिबल हुँदै

,   लिम्बुवान न्युज
                       

दमक, ११ फाल्गुन । दमकमा आज बिहिबारदेखि ९ दिनसम्म फुड फेस्टिबल आयोजना हुने भएको छ । होटल व्यवसायी संघ दमकको आयोजनामा फागुन ११ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने ९औं फुड फेस्टिबलको आवश्यक तयारी अन्तिम चरणमा पुगेको हो ।

बुधबार संघले एकपत्रकार भेटघाट कार्यक्रम आयोजना गरी सो जानकारी गराएको हो । फेस्टिबल सम्पन्न गर्न संघका केन्द्रीय सदस्य भुपेन्द्र न्यौपानेको संयोजकत्वमा मूल आयोजक समिति गठन गर्नुका साथै विभिन्न उपसमिति गठन गरि काम भैरहेकोखछ ।

दमक –७ स्थित पशुहाटको मैदानमा आयोजना गरिने फुड फेस्टिबलमा विभिन्न समुदायका परिकार र पेय पदार्थ र स्थानीय कृषि उत्पादन लगायतका व्यवसायिक स्टलहरु रहने छन् । ५० हजार बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको सो फेस्टिबलमा ५० लाख बराबरको कारोबार हुने संयोजक न्यौपानेले बताए ।

फेस्टिबलका दौरान चर्चित गायिका मेलिना राई, एलिना चौहान, अस्मिता अधिकारी, ज्योति मगर लगायतका राष्ट्रिय कलाकारको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।

विगत ९ वर्षदेखि दमकमा स्थानीय खाद्य परिकार र पर्यटन प्रवर्द्धनको निम्ति फुड फेस्टिबल हुँदै आएको छ ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;