आजदेखि दमकमा फुड फेस्टिबल हुँदै

 लिम्बुवान न्युज
                       

दमक, ११ फाल्गुन । दमकमा आज बिहिबारदेखि ९ दिनसम्म फुड फेस्टिबल आयोजना हुने भएको छ । होटल व्यवसायी संघ दमकको आयोजनामा फागुन ११ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने ९औं फुड फेस्टिबलको आवश्यक तयारी अन्तिम चरणमा पुगेको हो ।

बुधबार संघले एकपत्रकार भेटघाट कार्यक्रम आयोजना गरी सो जानकारी गराएको हो । फेस्टिबल सम्पन्न गर्न संघका केन्द्रीय सदस्य भुपेन्द्र न्यौपानेको संयोजकत्वमा मूल आयोजक समिति गठन गर्नुका साथै विभिन्न उपसमिति गठन गरि काम भैरहेकोखछ ।

दमक –७ स्थित पशुहाटको मैदानमा आयोजना गरिने फुड फेस्टिबलमा विभिन्न समुदायका परिकार र पेय पदार्थ र स्थानीय कृषि उत्पादन लगायतका व्यवसायिक स्टलहरु रहने छन् । ५० हजार बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको सो फेस्टिबलमा ५० लाख बराबरको कारोबार हुने संयोजक न्यौपानेले बताए ।

फेस्टिबलका दौरान चर्चित गायिका मेलिना राई, एलिना चौहान, अस्मिता अधिकारी, ज्योति मगर लगायतका राष्ट्रिय कलाकारको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।

विगत ९ वर्षदेखि दमकमा स्थानीय खाद्य परिकार र पर्यटन प्रवर्द्धनको निम्ति फुड फेस्टिबल हुँदै आएको छ ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...