लिम्बुवान मजदुर मञ्चको अध्यक्षमा अर्जुन खड्का निर्वाचित

 लिम्बुवान न्युज
                       

धरान, १३ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको जनसंगठन संघीय लिम्बुवान मजदुर मञ्चको धरान उपमहानगर समितिको पुनःगठन भएको छ । शुक्रबार सुनसरीको धरानस्थित पार्टी कार्यालयमा अर्जुन खड्काको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।

मञ्चका प्रान्तीय महासचिव दिलकुमार लावतीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रमबाट नव गठित समितिको उपाध्यक्षहरुमा भिम पुलामी मगर, रमेश राजधामी, राजकुमार जिमी र पदम मगर रहेका छन् त्यसैगरी सचिवमा प्रदिस राई, सहसचिवमा डम्बर मगर र अर्थसचिवमा सबुरलाल धामी रहेका छन् ।

यसैगरी उक्त समितिको सदस्यहरुमा मनिता राजधामी, गणेश योगी, प्रजल विश्वकर्मा, चित्रकुमार बि.क., मनोज राजधामी, मनिस शर्मा, विवस गिरी, चित्रकुमार राई, विशाल कट्टेल, पुर्सतम बि.क., सुरेश राजधामी, फुल नारायण धामी, विक्रम लामा, रिंकु लिम्बु र चित्रकुमार मगर लगायत रहेका छन् ।

नवनिर्वाचित समितिलाई प्रमुख अतिथि लावतीले विधान बमोजिम सफलग्रहण गराएका थिए । कार्यक्रममा सुनसरी अध्यक्ष अमर इजम र धरान नगर कार्य समितिका का.बा. अध्यक्ष मोहन तिगेला लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...