पोक्लाबाङ यकको तेस्रो साधारणसभा सम्पन्न

 लिम्बुवान न्युज
                       


फेदाप पोक्लाबाङ /पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थामरुङ फेदाप संस्थाको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । १८ थरी लिम्बुहरुको प्रतिनिधिमुलक संस्था पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थामरुङ फेदापको, फेदाप स्थित माङगेन्ना लुङधुङमा सम्पन्न साधारणसभाले संस्थाको बार्षिक प्रगति प्रतिवेदन र कार्ययोजना पारित गरेको छ ।

संस्थाका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ्ले प्रस्तुत गर्नुभएको कार्ययोजनामा अब निर्माण हुन लागेको संग्रहालय निर्माणलाई तिब्रता दिदै संस्थाको सक्रियता बढाउने बिषयलाई प्रमुख बनाइएको छ ।

हाल पोक्लाबाङको संग्रहालय निर्माणका लागि शहरी बिकास मन्त्रालय बाट चार करोड बजेट विनियोजन भएको छ । टेन्डर प्रक्रिया बाट निर्माण हुने संग्रहालय बहुबर्षे योजना अन्तर्गतको रहेको छ । त्यो संगै संस्थाको आगामी अधिवेशन २०८१ माघ महिनामा सम्पन्न गर्ने समेत निर्णय गरेको छ ।

भव्यताका साथ सम्पन्न गरिने अधिवेशनको आर्थिक समिति सहरमान लुम्फुङवाको संयोजकत्वमा ७ सदस्यीय आर्थिक समिति समेत गठन गरिएको छ । सदस्यहरुमा बिजय निङलेकु, गंगा कुरुम्बाङ, कृष्ण कुमार तेयुङ, लोक ब सम्बाहाङफे, काजीमान पंगेनहाङ लगायत रहेका छन । त्यसैगरी संस्थाले थामरुङ लुङधुङ थोबो कोष पनि स्थापना गर्ने भएको छ ।

जुन कोषको प्राप्त ब्याज बाट प्रत्येक महिनामा २ पटक थामरुङ र लुङधुङ सरसफाइ तथा पुजाआजा गरिनेछ । तेस्रो साधारणसभासंगै माङहुक्वा वादेम्मा कार्यक्रम पनि आजै सम्पन्न गरिएको छ ।

सबै सयङका प्रतिनिधिहरुको उपस्थिति रहेको साधारणसभा संस्थाका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङको अध्यक्षता स्वागत मन्तव्य उपाध्यक्ष राजकुमारी सिगक तथा महासचिव टेक बहादुर खापुङको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...

माघ २५ देखि ‘पवित्रहाङमा कप’ हुने

दमक, ११ माघ । किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘१६औं पवित्रहाङमा गोल्ड कप २०८२’ आउदो माघ २५ गतेदेखि फागुन ३ गतेसम्म संचालन हुने भएको...