मनकुमार तुम्सा कियाचु जापानकाे अध्यक्षमा निर्वाचित

 लिम्बुवान न्युज
                       

जापान । किरात याक्थुङ चुम्लुङ जापानको छैटौँ महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। टोकियो ओकुबो स्थित काठमाडौँ लञ्च एण्ड बारमा सम्पन्न महाधिवेशनले मन कुमार तुम्साको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कियाचु जापानको इतिहासमा पहिलो पटक लोकतान्त्रिक पद्धतिको प्रयोग गरी निर्वाचनको माध्यमबाट कार्यसमिति चयन गरिएको थियो । महाधिवेशनको खुला सत्रलाइ प्रमुख अतिथिको रूपमा कियाचु सङ्घीय परिषद्का अध्यक्ष प्रेम ऐक्तेनले जुम भर्चुअल मार्फत  सम्बोधन गर्दै शुभकामना दिएका थिए।

त्यसैगरी नेपाल आदिवासी जनजाति महासङ्घ जापानका कार्यवाहक अध्यक्ष श्री गुरुङ, एनआरएनए जापानका उपाध्यक्ष सुवास लामिछाने, थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धि गौचन, नेपाल मगर संघ जापानका अध्यक्ष रामहरि खपाङ्गी मगर, नेपाल तामाङ समाज जापानका अध्यक्ष कार्साङ तामाङ, समाजसेवी तथा सफल व्यवसायी  निमा लामा लगायतले महाधिवेशन सफलताको शुभकामना दिएका थिए।

गायक विष्णु आङ्देम्बेको मौलिक गायनले उपस्थित सबैलाई मन्त्रमुग्ध पार्यो भने गायक चिरन लाबुङले आफ्नो प्रस्तुति मार्फत सबैलाई झुम्न बाध्य बनाएका थिए । सुदिप पालुङ्वाको अध्यक्षतामा भएको कार्यक्रमलाइ महासचिव मुक्साम लावतीले सञ्चालन गर्नु भएको थियो । २१ बुंदे घोषणा पत्र जारी गरे संगै सुरु भएको बन्द सत्रबाट २५ सदस्यीय  कार्यसमिति निर्वाचित भएका छन् । लोकतान्त्रिक पद्धतिलाई आत्मसाथ गर्दै निर्वाचन प्रक्रिया मार्फत अध्यक्षमा मन कुमार तुम्सा निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा बालबिक्रम तिगेला, उपाध्यक्षमा रेखा तुम्बाहाम्फे र दुर्गा नेम्बाङ, महासचिवमा सिसाम मादेम्बा र उपमहासचिवमा सुजन आङ्बो, सचिवमा लोकेन नेयोङहाङ र सानु योङ्हाङ त्यस्तै कोषाध्यक्षमा कल्पना चेम्जोङ सहकोषाध्यक्षमा लासेमी केरूङ निर्वाचित भएका छन् भने सदस्यहरूमा सुजन मादेन लिम्बू , बाल किशोर चेम्जोङ्,बिस्णु कुमार आङ्देम्बे,उषा कन्दङ्वा,केसिका लिम्बुखिम,निशाम आङ्देम्बे,कबिन्द्र सम्बाहाम्फे , दिपक इङनाम, अन्जना  लिङखिम, पुर्णिमा जबेगु, इक्सा सम्बाहाम्फे, भुमिका चेम्जोङ्, शाकिला आङदेम्बे, तान्छोहाङ नेम्बाङ, नाम्लिङ येक्तेन निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...