मनकुमार तुम्सा कियाचु जापानकाे अध्यक्षमा निर्वाचित

,   लिम्बुवान न्युज
                       

जापान । किरात याक्थुङ चुम्लुङ जापानको छैटौँ महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। टोकियो ओकुबो स्थित काठमाडौँ लञ्च एण्ड बारमा सम्पन्न महाधिवेशनले मन कुमार तुम्साको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कियाचु जापानको इतिहासमा पहिलो पटक लोकतान्त्रिक पद्धतिको प्रयोग गरी निर्वाचनको माध्यमबाट कार्यसमिति चयन गरिएको थियो । महाधिवेशनको खुला सत्रलाइ प्रमुख अतिथिको रूपमा कियाचु सङ्घीय परिषद्का अध्यक्ष प्रेम ऐक्तेनले जुम भर्चुअल मार्फत  सम्बोधन गर्दै शुभकामना दिएका थिए।

त्यसैगरी नेपाल आदिवासी जनजाति महासङ्घ जापानका कार्यवाहक अध्यक्ष श्री गुरुङ, एनआरएनए जापानका उपाध्यक्ष सुवास लामिछाने, थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धि गौचन, नेपाल मगर संघ जापानका अध्यक्ष रामहरि खपाङ्गी मगर, नेपाल तामाङ समाज जापानका अध्यक्ष कार्साङ तामाङ, समाजसेवी तथा सफल व्यवसायी  निमा लामा लगायतले महाधिवेशन सफलताको शुभकामना दिएका थिए।

गायक विष्णु आङ्देम्बेको मौलिक गायनले उपस्थित सबैलाई मन्त्रमुग्ध पार्यो भने गायक चिरन लाबुङले आफ्नो प्रस्तुति मार्फत सबैलाई झुम्न बाध्य बनाएका थिए । सुदिप पालुङ्वाको अध्यक्षतामा भएको कार्यक्रमलाइ महासचिव मुक्साम लावतीले सञ्चालन गर्नु भएको थियो । २१ बुंदे घोषणा पत्र जारी गरे संगै सुरु भएको बन्द सत्रबाट २५ सदस्यीय  कार्यसमिति निर्वाचित भएका छन् । लोकतान्त्रिक पद्धतिलाई आत्मसाथ गर्दै निर्वाचन प्रक्रिया मार्फत अध्यक्षमा मन कुमार तुम्सा निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा बालबिक्रम तिगेला, उपाध्यक्षमा रेखा तुम्बाहाम्फे र दुर्गा नेम्बाङ, महासचिवमा सिसाम मादेम्बा र उपमहासचिवमा सुजन आङ्बो, सचिवमा लोकेन नेयोङहाङ र सानु योङ्हाङ त्यस्तै कोषाध्यक्षमा कल्पना चेम्जोङ सहकोषाध्यक्षमा लासेमी केरूङ निर्वाचित भएका छन् भने सदस्यहरूमा सुजन मादेन लिम्बू , बाल किशोर चेम्जोङ्,बिस्णु कुमार आङ्देम्बे,उषा कन्दङ्वा,केसिका लिम्बुखिम,निशाम आङ्देम्बे,कबिन्द्र सम्बाहाम्फे , दिपक इङनाम, अन्जना  लिङखिम, पुर्णिमा जबेगु, इक्सा सम्बाहाम्फे, भुमिका चेम्जोङ्, शाकिला आङदेम्बे, तान्छोहाङ नेम्बाङ, नाम्लिङ येक्तेन निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;