रविनकुमार नाल्बो याक्थुङ मुन्चइत चोक सयङ हङकङ अध्यक्षमा चयन

 लिम्बुवान न्युज
                       

ललितपुर, १९ माघ । याक्थुङ मुन्चइत चोक सयङ प्रवास समिति हङकङ गठन भएको छ । २९ जनवरीका दिन किरात याक्थुङ चुम्लुङ हङकङको सभाहलमा भएको प्रथम अधिवेशनमा रविन कुमार नाल्बोको अध्यक्षतामा समिति गठन भएको हो ।

त्यसैगरी समितिको बरिष्ठ उपाध्यक्ष भवेन्द्र थाम्सुहाङ, उपाध्यक्षमा भिम प्रसाद तुम्बाहाङफे, महासचिव हाङ चेम्जोङ, सचिव सुक्मिता केरुङ, कोषाध्यक्षमा संगीता लावती चयन भएका छन् ।

यस्तै सकृय सदस्यहरुमा ज्ञानु काम्बाङ र हेमराम अन्छङबो त्यसैगरी सदस्यहरुमा सदस्यहरुमा मनुता काम्बाङ, टिका माखिम, सन्जु लिम्बु, प्रकाश आङबुहाङ, यमुना नेम्बाङ चेम्जोङ, सुकु स्याम्याङ्खाम र गंगा मादेन रहेका छन् । सल्लाहकारहरुमा विष्णु कुमार थेवे, हस्त लिबाङ, हेमन्त कृष्ण पन्धाक र रमेश सिंगक चयन भएका छन् ।

कार्यक्रमको संयोजन मौसम इम्बुङ र हाङ चेम्जोङ्ले गरेका थिए ।

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...