फोनिज झापा शाखाको सातौ जिल्ला अधिबेशन आज हुँदैः नयाँ नेतृत्व चयन हुने

,   लिम्बुवान न्युज
                       

झापा, १९ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाको सातौ जिल्ला अधिबेशन आज हुँदैछ । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएकाे जिल्ला अध्यक्ष भूमिका फियाक लिम्बुले बताइन् ।

आज बिर्तामोडस्थित सिटी सेन्टरमा हुने जिल्ला अधिबेशन फाेनिजका संघीय अध्यक्ष गजुरधन राइकाे प्रमुख आतिथ्यतामा अधिवेशनकाे उद्धघाटन हुने कार्यक्रम रहेकाे छ ।

यसैगरी अधिवेशनकाे अवसरमा फोनिज झापाले वितरण गर्देआएको स्व. डिकमान विरही सुनुवार स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार, दुई जनालाई फोनिज उदीयमान पत्रकारिता पुरस्कार प्रदान गरिनुका साथैं फोनिज झापाले प्रकाशन गरेको स्मारिकाको बिमोचन समेत गरिने कार्यक्रम रहेको अध्यक्ष फियाकले बताइन् ।

फोनिजका जिल्ला सचिव तिलक योञ्जनका अनुसार स्व. डिकमान विरही सुनुवार स्मृति पत्रकारिता पुरस्कारबाट झापा, दमकका पूराना पत्रकार विष्णु सुब्बा र फोनिज उदीयमान पत्रकारिता पुरस्कार २०८१ बाट सूर्योदय टेलिभिजनमा कार्यरत पत्रकार रविकिरण बान्तावा राई र हरप्रहर न्यूज डटकममा कार्यरत दमकका सजन राईलाई प्रदान गरिने बताइएकाे छ ।

डिकमान पुरस्कारको राशी नगद २५ हजार रूपैयाँ र उदीयमान पत्रकारिता पुरस्कारको राशि ५/५ हजार रूपैयाँ रहेको छ ।
यसैगरि, जिल्ला अधिबेशनको बन्दसत्रले फोनिज झापाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व  चयन र केन्द्रिय महाधिवेशन प्रतिनिधिकाे समेत चयन हुने निवर्तमान अध्यक्ष बिशाल नेम्बाङले बताए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;