दमक उद्याेग वाणिज्य संघकाे ३३औं बार्षिक साधारण सभाबाट पत्रकार राई सम्मानित

 लिम्बुवान न्युज
                       

दमक, १९ माघ/ झापा दमकस्थित दमक उद्योग वाणिज्य संघले ३३औं बार्षिक साधारण सभाको अवसरमा दमकका अग्रज व्यवसायीहरुसहित एक जना पत्रकार सम्मानित भएका छन् ।

संघले आज शुक्रबार आफ्नै सभाकक्षमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष राजेन्द्र राउतको प्रमुख आतिथ्यमा साधारण सभाका बीच सो सम्मान कार्यक्रम गरेको हो ।

साधारण सभामा प्रमुख अतिथी राउत, विशिष्ट अतिथी दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराइ प्रसाईं, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गोकूल श्रेष्ठ, इलाका प्रहरी कार्यालय दमकका प्रमुख निशान थापा लगायत विशिष्ट व्यक्तित्वहरुले सम्मान तथा पुरस्कार हस्तान्तरण गरेका छन् ।

संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ ( गोपाल)को सभापतित्वमा सञ्चालित सो कार्यक्रममा बर्षेनी प्रदान गरिँदै आएको वाणिज्य पत्रकारिता पुरस्कारबाट झापा दमकमा रहेर दुई दशक अघिदेखि पत्रकारितामा क्रियाशील अनिलदेव राईलाई नगद ११ हजार १ सय ११ रुपैयाँ राशीको पुरस्कारबाट सम्मान गरिएको हो ।

पत्रकार राईसँगै सहित संघमा लामो समयदेखि योगदान पुरयाउने अग्रज व्यवसायीहरु धनपती बराल, यामनाथ आचार्य, राजकुमार भटराई र गणेश श्रेष्ठलाई दोसल्ला र सम्मान पत्रद्धारा सम्मान गरिएको दमक उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष ज्ञाननाथ पौडेलले जानकारी दिए ।

यसैगरी उत्कृष्ट व्यवसायी सम्मानबाट नुतन राइस मिल्सका सञ्चालक रुद्रप्रसाद तिम्सिना, चाम्लिङ फोटो स्टुडियोकी सञ्चालिका रामदिपा राई , श्रेष्ठ छापाखानाका गणेश श्रेष्ठलाई सम्मान गरिएको छ ।

सभामा गत आर्थिक बर्ष २०८०/०८१ भित्र संघको आजिवन सदस्यता प्राप्त गर्ने ६ जना व्यवसायीहरुलाई आजिवन सदस्यता प्रमाण पत्र प्रदान गरिएको संघका तृतीय उपाध्यक्ष रुवल अधिकारीले जानकारी दिए । यसपटक आजिवन सदस्यता लिनेहरुमा सुनौलो फर्माका सञ्चालक बुद्धिशेखर बजगाइँ ( विबेक), सुजन फर्मा प्रालिका बिप्लव लिम्बु, गणेश सर्जिकलका गणेश प्रधान, पञ्चमुखी सप्लायर्सका लोचनप्रसाद नेपाल, पदमदेवी फार्मेसीका प्रहर क्षेत्री र शिव आयुर्वेदका युवराज भट्टराई रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथी प्रदेश अध्यक्ष राउत, दमक नगर उपप्रमुख भट्टराई, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सभामा दमक उद्योग वाणिज्य संघ स्थापनाको ४६ बर्षको इतिहास समेटिएको संक्षिप्त वृत्तचित्र “दमक उद्योग वाणिज्य संघ हिजोदेखि आज सम्म” प्रस्तुत गरिएको थियो ।

संघसँगको सहकार्यमा निष्कर्ष मिडिया प्रालिले तयार पारेको सो वृत्तचित्र सार्वजनिक गर्दै संघका अध्यक्ष गुरागाइँले संघले पहिलो पटक प्रविधिको उच्चतम सदुपयोग गर्दै यस किसिमको वृत्तचित्र प्रस्तुत गरेर संघको इतिहासलाई स्मरण गर्ने प्रयास गरेको उल्लेख गरे ।
संघका वरिष्ठ उपाध्यक्ष राजु खड्काले सभामा सहभागीहरुलाई स्वागत गर्दै उद्योग वाणिज्य संघको साखलाई समाजमा उचो बनाउँदै अघि बढाउन प्रयत्नशील रहेको उल्लेख गरे । खड्काले अहिले सम्मका प्रगतिहरुको समिक्षा गर्दै संघ निरन्तर व्यवसायीक हक हितका योजना र कार्यक्रमहरु लिएर अघि बढेको पनि बताए ।

त्यस्तै संघको कार्यसमितिका सबै बैठकमा उपस्थित हुने कार्यसमिति सदस्य तुल्सीराम तिम्सिनालाई पनि प्रोत्साहन स्वरुप सम्मान गरिएको छ ।
साधारण सभामा अध्यक्ष गुरागाइँले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाको सञ्चालन संघका प्रथम उपाध्यक्ष राजकुमार योङयाले गरेका थिए ।

सम्बन्धित समाचार

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...