फाेनिज झापाकाे अध्यक्षमा अर्जुन राजवंशीः पुराना पत्रकार बिष्णु सुब्बा पुरस्कृत

 लिम्बुवान न्युज
                       

दमक, १९ माघ । शनिबार झापाको बिर्तासिटीसेन्टर स्थित साई पार्टी प्यालेसमा भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा जिल्लाको सातौ अधिबेशनबाट अर्जुन राजवंशीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा तिलक योञ्जन तामाङ, सचिवमा सन्तोष वेघा, सह-सचिवमा भारती राई र कोषाध्यक्षमा नरेश गुरुङ निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा क्रमश: सुरेश आले मगर, सुजन राई, शौरभ मुखिया, रविकिरण वान्तवा राई, विष्णुकुल श्रेष्ठ, मिना नेम्वाङ, जिके शर्मा र सुमन वेघा रहेका छन् ।

यसैगरी संघीय महाधिवेशन प्रतिनिधिमा झापा जिल्लाबाट दिपीन राई, भूमिका फियाक, रमेश राई, गणेशमान मुखिया, विशाल नेम्वाङ, इन्द्रसिंह राजवंशी, आनन्द गुरुङ, दिलकुमार लावती र सुशन राई चयन भएका छन् ।

अधिबेशनमा फोनिज झापाले वितरण गर्दे आएको स्व. डिकमान विरही सुनुवार स्मृति पत्रकारिता पुरस्कारबाट झापा, दमकका पूराना पत्रकार विष्णु सुब्बालाई नगद २५ हजार सहित सम्मान पत्र र खदा ओडाएर सम्मान गरेका थिए । यसैगरी फोनिज उदीयमान पत्रकारिता पुरस्कार २०८१ बाट सूर्योदय टेलिभिजनमा कार्यरत पत्रकार रविकिरण बान्तावा राई र हरप्रहर न्यूज डटकममा कार्यरत दमकका सजन राईलाई नगद ५/५ हजार नगद र प्रमाणपत्र प्रदान गरि पुरस्कृत गरिएको थियो।

अधिबेशन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) झापा जिल्ला सचिव तिलक यञ्जनकाे संचालन र अध्यक्ष भु कुमारी लिम्बू (भुमिका फियाक)को अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...