किरात याक्थुङ चुम्लुङ पथरी अध्यक्षमा गणाेश थक्लुङ

 लिम्बुवान न्युज
                       

दमक, २० माघ । किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगर समिति मोरङको चौथो सम्मेलनबाट गणेश थक्लुङ लिम्बू सर्बसहमत अध्यक्ष निर्वाचित भएका छन् ।

शनिबार सिरिजङ्गा स्मृति धार्मिक वनमा भएको सम्मेलनबाट उपाध्यक्षमा  धनप्रसाद साँबा लिम्बू, सचिव सुरज लिम्बू, सहसचिव इन्द्र सुब्बा र कोषाध्यक्ष कोपिला सेरेङ लिम्बू सर्वसहमत चयन भएका छन् ।

सदस्यहरुमा ईन्द्रकुमरी लिम्बू, हरिकुमार शेर्मा, प्रकाश लिम्बू, दिल आङ्बुहाङ्ग, आशा थेगिम, चन्द्र लिङ्लेखु, जीतबहादुर लाओती, गणेश लिभाङ, सुरन्ता लिम्बू लगायत १५ सदस्यीय समिति सर्वसहमत चयन भएको नव निर्वाचित अध्यक्ष गणेश थक्लुङले बताए ।

सम्मेलन उद्घाटन कार्यक्रम सम्मेलन आयोजक समितिको संयोजक विक्रम लिम्बूको अध्यक्षतामा भएको थियो । कार्यक्रममा लोकसागर साम्बा लगायतले शुभकामना दिएका थिए ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...