अरुण पूर्वको नौ जिल्लामा यातायात बन्दको प्रभावः दमकमा प्रहरी र आन्दोलनकारी बिच झडपः तीन सेल अस्रुग्यास

 लिम्बुवान न्युज
                       

दमक, २० माघ । मुक्कुमलुङ केवलकार खारेजी आन्दोलनकारीलाई गोली प्रहार बिरुद्ध नौं जिल्ला यातायात बन्दको प्रभाव परेको छ । पूर्वको नौं जिल्ला झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पान्थर र इलाममा आज पहिलो दिन बन्दको प्रभाव परेको हो ।


ताप्लेजुङ्गको मुक्कुम्लुङ/पाथीभरामा केवलकार खारेजी र आन्दोलनकारीलाई गोली प्रहार गरिएको विरुद्ध मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिको संयुक्त आयोजनामा ९ जिल्लामा यातायात बन्दको आयोजना गरेको घटक संगठन किरात याक्थुङ चुम्लुङ्का संघीय अध्यक्ष प्रेम ऐक्तेनले बताउनु भयो ।

केवलकार विरुद्धको संघर्षमा यहि माघ १२ गते ताप्लेजुङ्गमा प्रहरीले गोली चलाउदा ३ जना गम्भीर घाईत र अन्य केही दर्जन घाइते भएका छन् । घाईते मध्ये तीन जनाको काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भईरहेको छ । यसैगरी ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयमा तीन जना पक्रेर हिरासतमा राखेका छन् ।


आन्दोलनकारीद्वारा १५ गतेदेखि ५ दिनसम्म मेची हाइवे, तमोर करिडोर र ताप्लेजुङ आउने जाने तेह्रथुम नाकामा यातायात बन्द गरेपनि सरकार अटेर गरेपछि २० र २१ गते पूर्बी नेपालको ९ जिल्लामा यातायात बन्दको घोषणा गर्दै कार्यक्रम अघि सारेको हो ।
ताप्लेजुङ जिल्लामा मात्र यातायात बन्द गर्दा पनि सरकार गैर जिम्मेवार देखिएपछि झापा, मोरङ, सुनसरी स्थित एसियन हाइवे लगायत सप्तकोशी पूर्बको ९ जिल्लामा यातायात बन्दको घोषणा भएको हो ।
बन्दका कारण कोशी मार्ग र मेची मार्गले जोडिन्ने पहाडका जिल्लामा सवारी साधन ठप्प बनेका छन् । कोशी राजमार्ग अन्तर्गन धरानबाट धनकुटा हुँदै तेह्रथुम र संखुवासभा जाने तथा पहाडी क्षेत्रबाट तराई जाने सवारी साधन सञ्चालन हुन सकेका छैनन् । झापा चारआलीबाट पहाड इलाम, पान्थर र ताप्लेजुङ चल्ने रुटका गाडीहरु पनि चल्न सकेका छैनन् । बन्दकर्ता भने पहाडी जिल्लाको सदरमुकाम त्यसैगरी विभिन्न मुख्य सडक र शहरहरु धरान, इटहरी, पथरी, दमक, विर्तामोड र काकरभिट्टामा उत्रिएका छन् । प्रशासनले बाक्लो सुरक्षाकर्मी परिचालन गरेको छ ।
त्यस्तै, तमोर करीडोर ठप्प हुँदा धनकुटाको गढतिर क्षेत्र तथा ताप्लेजुङ, पाँचथरलगायतको स्थानमा सञ्चालन हुने सवारीसाधन सञ्चालन भएका छैनन्। धरानबाटै सवारीसाधन नआएका कारण यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
मुक्कुमलुङ संरक्षण संघर्ष समितिले धार्मिक आस्थामा खलल पु¥याउने गरी एउटा व्यापारिक घरानालाई केबुलकार बनाउन दिएको भन्दै विरोध गर्दै आएका हुन् ।
केबुलकार निर्माण रोक्नुपर्ने, प्रहरीले गोली हानी घाइते बनाएकाहरूको आजीवन जीवन निर्वाहको व्यवस्था गर्नुपर्ने र यसअघि गिरफ्तारीमा परेकालाई विनाशर्त रिहाइ गर्नुपर्नेमाग राखी उनीहरूले दुई दिन बन्द आह्वान गरेका हुन् । गृह मन्त्रालयले पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याबारे आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिइसकेको जनाएको छ । तर, संघीय सरकारले हालसम्म आन्दोलनरत पक्षलाई वार्ताको लागि कुनै आधिकारिक पत्र नआएको कियाचू अध्यक्ष येक्तेनले बताउनु भयो ।

दमकमा बन्द कर्ता र प्रहरी बिच झडपः आठ जना प्रहरीको नियन्त्रण

दमकमा बन्दकर्ता र प्रहरीबीच आज दिउँसो झडप भएको छ । त्यसक्रममा आन्दोलनरत ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा पदम बेघा, धनकुमार योङहाङ ,शुक्र लिम्बू, आदित्य फियाक ,प्रकाश लावुङ, सन्देस लिम्बू,नासमाङ लिम्बू ,सञ्जय ताजपुरिया रहेका छन् ।
दमकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, किरात धर्म तथा साहित्य उत्थान संघ तथा प्रदेश १ पुनः नामाकरण अभियान समितिका संयोजक डकेन्द्र सिंह थेगिम लगायत प्रमुख नेताहरु आफै सडकमा उत्रिएका थिए । दमकको मुख्य सडकमा केन्द्रीत भएका उनीहरुले शक्ति प्रर्दशन गरेका थिए ।

करिव पाँच सय जना संख्यामा सहभागि बन्दकर्ताहरुले सडकमा बसेर दिनभरि नाराजुलुस गरि प्रर्दशनमा उत्रिएका थिए । त्यसक्रममा प्रहरीले बन्दकर्तालाई नियन्त्रणमा लिन खोज्दा बन्दकर्ता र प्रहरी बिच ढुंगा हानाहान समेत भएको थियो । ढुंगा हान्ने क्रममा सार्वजनिक यातायातको एउटा बस, स्कोरपियो लागत केही सवारी साधनमा क्षति पुगेको इलाका प्रहरी दमकले जनाएको छ ।
यसैगरी इटहरी गणतन्त्र चौकमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरुले सडकमै खाना खाएर बन्दको बिरोध गरेका थिए । त्यहाँ प्रहरीसँग बन्दकर्ता बिच केहीबेर तनाब भएपनि बन्द शान्तीपूर्ण भएको पहिचानवादी मोर्चाका नेता पदम अधिकारीले बताउनु भयो । यसैगरी सुनसरीको धरान, झापाको विर्तामोड, पान्थरको फेदेन, ताप्लेजुङको फुङ्लिङ लगायत स्थानहरुमा कोणसभा गर्दै केवलकार निर्माण खारेज नगरेसम्म बन्द यथावत रहने र २१ गते सम्ममा पनि सरकारले कुनै संवाद वार्ताको औपचारिक घोषणा नगरे २२ गतेबाट अनिश्चितकालीन आमहडताल लगायतको कार्यक्रम अघि बढाइने संघर्ष समितिका नेताहरुले बताएका छन् ।

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...