आन्दोलनरत पक्ष वार्ता समिति गठनको विपक्षमाः संघीय सरकारको मन्त्रीसँग मात्र बस्ने

 लिम्बुवान न्युज
                       

ललितपुर, २१ माघ । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको विज्ञप्ति गृहमन्त्रालयले प्रकाशन गरे लगतै संघर्ष समितिले विरोध जनाएको छ ।
गृहमन्त्रीस्तरको निर्णयबाट मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेसँगै उनीहरुले विरोध जनाएका हुन् । संघीय सरकार र केवलकार निर्माण पक्षका चन्द्र ढकालसँग वार्ता गरिने छ । कर्मचारीसँग कुनै वार्ता नहुने संघर्ष समितिका नेता डकेन्द्र सिंह थेगिमले वताउनु भयो ।
सरकारको रवैयाको विरोध जनाउँदै यस्तो वार्ता समितिको कुनै औचित्य नभएको अर्का नेता कुमार लिङदेन मिराकले समेत सामाजिक संजालमा उल्लेख गरेका छन् । यसैगरी किरात राई यायोक्खाका अध्यक्ष जिवन हताछो राईले पनि वार्ता समिति बनाएर सरकार आन्दोलनकारीसँग खेलाची गरिरहेको हुँदा यसको मुल्य चुुकाउनु पर्ने बताएका छन् ।
यसैगरी यतिवेला आन्दोलनरत पक्षले गृहमन्त्रालयको विज्ञप्ति वच्चाहरुसँग भाडा कुटी खेलेको संज्ञा दिदै राज्य केवलकार निर्माण खारेजी तर्फ नलागे थप आन्दोलनहरु शसक्त बनाउने लाने अर्का पहिचानवादी नेता ज्ञान बहादुर गुरुङले बताउनु भयो ।
मुक्कुलुङ ताङसेप चुम्भो र अन्तरदलीय संघर्ष समितिमा आबद्ध विभिन्न संघ संस्था तथा राजनीतिक दलका नेताहरु यतिवेला माघ १५ गते देखि सडकमा छन् । जबसम्म मागको सरकारले सम्बोधन गर्दैन आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

यता सरकारले घोषणा गरेको वार्ता टोलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि रहेका सहसचिव एवम् प्रवक्ता रामचन्द्र तिवारी रहेका छन् ।
गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्ने उल्लेख छ । साथै मन्त्रालयले आन्दोलनरत पक्षलाईसमेत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई संवादमार्फत् समस्या समाधानमा सहयोग अपिल गरेको छ ।

यातायात बन्द आज पनि निरन्तर

आन्दोलनरत पक्षले घोषित २ दिने यातायत बन्दको घोषणा बमोजिम आज पनि यातायात ठप्प पारेका छन् । पूर्वको नौ जिल्लाका मुख्य सडक र सदरमुकाममा यातायत ठप्प हुँदा आवतजावतमा समस्या परेको सर्वसाधारणहरुको गुनासो रहेको छ । यता बन्द कर्ताहरु भने विहान ४ बजे देखि नै सडकमा टायर बालेर प्रदर्शन गरिरहेको जनाइएको छ ।
बर्ता कर्ताहरुले हिजोको भन्दा आज अझ थप शसक्त पारिने नेता जन्टल लावलीले बताउनु भयो । यसैगरी ताप्लेजुङमा नेतृत्व गरिरहनु भएका नेता कियाचू अध्यक्ष प्रेम एक्तेनले सरकारको वार्ता समिति किमार्थ स्वीकार्य नभएको हामी माथि अपमान गरेको हुँदा कार्यक्रम थप शसक्त पार्ने चेतावनी दिनु भयो ।

काठमाडौं माइतीघर मण्डलमा सडक नाटक सहित आज मुक्कुमलुङ आन्दोलनको समर्थन गर्दै प्रदर्शन हुँदै

काठमाडौंस्थित माइतीघर मण्डलमा मुक्कुमलुङ सडक नाटक प्रदर्शन गर्दै मुक्कुमलुङमा केवलकार खारेजीको आन्दोलनलाई समर्थन गर्दै विभिन्न संघ संस्था, सामाजिक अभियन्ता, मुक्कुमलुङ अभियन्ता, कलाकार, राजनैतिक दल लगायतले विरोध प्रदर्शन गर्ने जनाएको छ ।
मध्यान्ह साढे बाह्र बजे काठमाडौं उपत्काका सबै पहिचान पक्षधर र मुक्कुमलुङ संस्कृति वचाउ भन्ने शुभेच्छुकहरुलाई सहभागि हुन आव्हान समेत गरेका छन् ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;