मुकुम्लुङमा केबलकार निर्माण हुनु समग्र आदिवासीहरुको अस्थित्व समाप्त पार्नु हो: लिम्बुवान मोर्चा।

 लिम्बुवान न्युज
                       

ललितपुर, २२ माघ । मुकुम्लुङ (पाथिभरा) मा केबलकार निर्माण खारेजिको आन्दोलनलाई लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाले समर्थन गरेको छ। लिम्बुहरुको आस्थाका केन्द्र(मुन्धुमी स्थल) मानिदै आएको मुकुमलुङ क्षेत्रमा केबुलकार निर्माणको प्रारम्भिक चरणबाटै शान्तिपूर्ण आन्दोलन मार्फत बिरोध गर्दा आन्दोलन बनाउन गरिएको हर्कतको मोर्चाले खुलेर बिरोध गरेको छ।
कमिसनको लालचमा लिम्बू समुदायको मौलिक र सास्कृतिक सम्पदालाई मास्न खोजिएको प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शान्तिपुर्ण आन्दोलनलाई सरकारले भाडाको गुण्डाहरु परिचालन गरि आन्दोलनकारी माथिको भौतिक आक्रमण र प्रहरी प्रसाशनले लाठी चार्ज गर्ने र गोलि हान्ने जस्ता क्रियाकलाप प्रती मोर्चा द्वारा भत्सर्ना गरिएको छ।
मोर्चाका महासचिव पकन्दी लिम्बू र अध्यक्ष मुक्साहाङ मेन्याङ्बोद्वारा हस्ताक्षरीत जारी विज्ञप्तिमा भनिएको छ। प्रहरीकै संरक्षणमा आन्दोलनकारी माथिको खुकुरी प्रहार धरपकड र दमन भएको छ। मानव अधिकारको ख्यालै नगरी आन्दोलनकारी माथिको अन्धाधुन्ध गोलि प्रहार द्वारा ३ जना घाइते भएका छन। यस्ता खालका राज्यको बर्बरता पुर्ण सरकारको कदम प्रती मोर्चाले बिरोध गर्दै घाइते सबैको निशुल्क उपचारको माग गरेको छ।
आदिवासीहरुको मुन्धुमी स्थलमा केबलकार निर्माण कार्य अबिलम्ब रोकेर समस्या समाधान खोज्नको साटो घट्नालाई हिंसात्मक र उत्तेजित पार्न सरकार उद्दत रहेको मोर्चाको आरोप छ।आन्दोलनलाई छलफल र सम्बादको माध्यमबाट समस्याको हल गर्न मोर्चाले सरकारको ध्यानाकर्षण समेत गरेको छ।
नश्लवादी चरित्र भएको शासक वर्गले गर्न खोजेको थिचोमिचो जालझेल र सडयन्त्रकारी भुमिका र कदमको डटेर सघर्षमा जुट्न समेत मोर्चाले बिज्ञप्ती मार्फत अपिल गरेको छ। भने यो मोर्चा नेकपा माओवादी केन्द्र सम्बद्ध जातीय मोर्चा हो ।

सम्बन्धित समाचार

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...