पहिलो याक्खा हाक्पारे ‘ओम्माङ्बा’ सार्वजनिक

 लिम्बुवान न्युज
                       

ललितपुर, २२ माङ । याक्सिगुम मिडिया प्रा.लि.को ब्यानरमा निर्मित पहिलो याक्खा हाक्पारे भिडियो ‘ओम्माङ्बा’ सार्वजनिक भएको छ । सोमबार सुनसरीको धरानमा एक कार्यत्र mम आयोजना गरी भिडियो सार्वजनिक गरिएको हो ।

गोकुल सोम्याहाङ्गद्वारा निर्मित उक्त भिडियोमा देउ कृष्ण् लिंखा (राई)को निर्देशन रहेको छ । सह–निर्माताहरुमा खगेन सिं सोम्याहाङ्ग, वालगोपाल सोम्याहाङ्ग, सुजता जिमी र देवी याक्खा रहेका छन् ।

भिडियोमा अजय जिमी, गोकुल सोम्याहाङ्ग, हिरा सोम्याहाङ्ग, बिमला जिमी, सरिता जिमी, सरिता जिमी, राजकुमारी कोङ्रेन, सञ्जिता जिमी, रमेश लिम्बुखिम, गजेन्द्र पुपाङ्गु, मिजन सोम्याहाङ्ग, सविता जिमी लगायतको अभिनय तथा प्रस्तुति रहेको छ ।

मनु नेम्वाङ र शिव सम्बाहाम्फेले हाक्पारेमा स्वर दिएका छन् भने लय संकलन अजय जिमी याक्खाको रहेको छ । याक्खा जातिको मुख्य बसोवास रहेको क्षेत्र संखुवासभाको आँखीभुईंमा भिडियोको छायाँकन गरिएको हो ।

भिडियोलाई याक्सिगुम मिडियाको अफिसियल युट्युब च्यानल ‘@ourdokeni’ मार्फत सार्वजनिक गरिएको छ । याक्खा जातिमा प्रचलित हाक्पारे एक मौलिक गायनशैली हो । यसमा खासगरी मुन्थुमका साथै संस्कार–परम्परा, जीवन–जगत र मानव जीवनका विविध पक्षबारे व्याख्या हुन्छ । हाक्पारेको माध्यमबाट आपसमा दुखसुखसमेत साटासाट गर्ने गरिन्छ ।

गीत र भिडियो निर्माणले प्रचलन कम हुँदै गएको हाक्पारेलाई जगेर्ना तथा दस्तावेजीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने याक्खा समुदायका अग्रजहरुले बताएका छन् ।

भिडियाे तल हेर्नुहाेस् ः

सम्बन्धित समाचार

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...