मुक्कुमलुङ आन्दोलनमा गिरफ्तार भएका योद्धाहरु छुटे

 लिम्बुवान न्युज
                       


ललितपुर, २३ माघ । ताप्लेजुङस्थित मुक्कुमलुङ पाथीभरामा निर्माणधिन केवलकार खारेजी आन्दोलनको क्रममा पक्राउ भएका योद्धाहरुको रिहाई भएको छ । मंगलबार साँझ सरकारसँग आन्दोलनपक्षको सहजीकरण समितिसँगको ६ बुँदे सहमति अनुसार पक्राउ परेकाहरु छुटेका हुन् ।
धरानस्थित इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएका ६ जना सुमन चेम्जोङ्, योगेन्द्र तामाङ, दिवस राई, सन्दिप लिम्बु, सशी घले र किसन राई रहेका छन् उनीहरुलाई मंगलबार राती ११ बजे विनासर्त रिहाई गरिएको नेता जेन्टल लावतीले बताए ।

यसैगरी झापाको दमकबाट २० गते प्रहरी नियन्त्रणमा रहेका पदक वेघा, धनकुमार योङहाङ, शुक्र लिम्बु, आदित्य फियाक, प्रकाश लाबुङ, सन्देश लिम्बु, नाम्साङ लिम्बु र सञ्जय ताजपुरीया आज विहान ७ बजे इलाका प्रहरी कार्यालय दमकबाट विनासर्त रिहाई भएका छन् ।
यसैगरी ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयले माघ १५ गते नियन्त्रणमा लिएका प्रदिप मादेन, चन्द्र सागर लिम्बु र लक्ष्मण इधिङ्गो लिम्बुलाई दिउँसो २ बजेसम्मा रिहाई गर्ने प्रक्रिया थालेको अहिले जिल्ला अदालमा कागजी प्रक्रिया भईरहेको महिलो नेत्री रीता मादेनले वताइन् ।
मुक्कुमलुङ संरक्षण आन्दोनलको क्रममा जम्मा १७ जना गिरफतार भएका थिए । त्यसैगरी पाँच जना घाइते शक्त घाइते मध्ये दुई जना उपचार पछि घर फर्किएका छन् भने तीन जनाको काठमाडौं टिचिङ अस्पतालमा उपचार हुने क्रममा रहेको छ । तिघ्रामा गोली लागेका याम लिम्बु अझै पनि डिस्चार्ज भएका छैनन् भने छातीमा गोली लागेका सगुन लावती र देब्रेकुम भाचिएका धर्मान पालुङ्वालाई डिस्चार्ज गरेर हस्पिटलको नजिकै फ्लोअपको लागि राखिएको महिला नेत्री सरु सिंगकले वताइन् । उनीहरुको उपचारमा झै केही समय लाग्ने उनले वताइन् ।
मुक्कुमलुङ ताङ्सेःप चुम्भोमा विभिन्न जातीय संघ संस्थाहरु जोडिएर आन्दोलनरत छन् भने मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समिति मार्फत विभिन्न १० भन्दा धेरै पहिचानजन्य राजनैतिक दलहरु मिलेर मुक्कुमलुङमा केवलकार खारेजी आन्दोलनमा उत्रिएका छन् ।
मंगलबार दोस्रो चरणको सहजीकरण वार्तामा आमसिक ६ बुँदे सहमतिभए सँगै पूर्वको नौ जिल्ला यातायात बन्द आजबाट स्थगन भएको छ भने सरकारले केवलकार निर्माण कार्यलाई अर्को वार्ता सम्मको लागि स्थगित गरेको छ ।
आन्दोलतरतपक्ष र सरकारी वार्ता टोलीबीच ललितपुरको एक होटलमा भएको वार्तामा पाथीभरा केवलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने सहमित भएको छ ।
यसैगरि सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने सहमति भएको छ । त्यसैगरी माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने सहमति पनि भएको वार्ता टोलीका संयोजक नेपाल सरकारका सहसचिव प्रेम प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
साथै मुक्कुमलुङ संरक्षण पक्षधरहरूबाट वार्ताका दौरानमा माग भएका केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न तेस्रो चरणको वार्ता माघ २७ गते बिहान ११ः०० बजे बस्ने सहमति भएको आन्दोलनरत सहजीकरण समितिका सदस्य राम मादेनले लिम्बुवानखबरलाई बताउनु भयो ।

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...