मुक्कुमलुङ संरक्षण पक्षधरले गरे आन्दोलनको घोषणा

,   लिम्बुवान न्युज
                       


ललितपुर, २८ माघ । मुक्कुमलुङमा केवलकार निर्माणको विरोध गर्दै आएका मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले नयाँ चरणको आन्दोलन घोषणा गरेका छन् । वार्ताबाट समस्या समाधान गर्न सरकार इमानदार नभएको भन्दै उनीहरूले आन्दोलन घोषणा गरेका हुन् ।
ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा उनीहरूले सोमबार पत्रकार सम्मेलन गरी माघ २९ गतेदेखि नयाँ आन्दोलन गर्ने जनाएका छन् । मुक्कुमलुङ (पाथीभरा)मा केबलकार निर्माण शुरू भएपछि उनीहरूले विरोध जनाएका थिए ।


त्यही क्रममा माघ १२ गते प्रहरीसँग झडप भएको थियो । झडपमा शसस्त्र प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् भने अन्य तीन जना पनि घाइते भएका छन् । तीन जनाको हाल काठमाडौंमा उपचार भइरहेको छ ।
त्यसको विरोधमा आन्दोलनरत पक्षले प्रदेश नं. १ को नौं जिल्लामा यातायात बन्द कार्यक्रम गरेको थियो अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित भएपछि संघीय सरकारले सहसचिव स्तरको कर्मचारी संयोजक रहेको वार्ता टोली गठन गरेको थियो ।
तीन पटक वार्ता गर्दा पनि सहमति नजुटेपछि उनीहरू फेरि आन्दोलनमा उत्रिने भएका हुन् । माघ २७ मा दुई पटक छलफलमा बस्दा पनि सरकारी पक्ष गम्भीर नदेखिएको उनीहरूको आरोप लगाएका छन् ।
उनीहरूले माघ २७ गते बेलुकासम्म उच्चस्तरीय वार्ता टोली गठन गर्न माग गरेका थि ए। सरकारले माग सम्बोधन नगरेकाले फेरि आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको मुक्कुमलुङ ताङ्सेप र अन्तरदलीय संघर्ष समितिका नेताहरुले बताएका छन् ।


उनीहरूले माघ २९ देखि फागुन ९ गतेसम्म बहिष्कार आन्दोलन गर्ने जनाएका छन् । केबलकार निर्माण गरिरहेको आईएमई समूहसँग कारोबार नगर्ने अभियान चलाउने पत्रकार सम्मेलनमा चेतावनी दिइएको छ । ग्लोबल आईएमई बैंक लगायतमा कारोबार बन्द गर्न, खाता बन्द गर्न अपिल गर्ने जनाएका छन् ।
त्यस्तै, फागुन ६ देखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ सञ्चालन गर्ने भएका छन ्। केबलकारको अनुमति तथा सम्झौता खारेजीका लागि दबाब दिन फुङलिङ नगरपालिकाको कार्यालय घेराउ, केबलकार निर्माण सामग्री ढुवानी नगर्न आग्रह, काठमाडौं, इटहरी र बिर्तामोडमा विरोध सभा गर्ने भएका छन् ।
यससँगै केबलकारको सम्झौता खारेजीका लागि प्रदेश नं. १ का सबै जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाउने, प्रदर्शन गर्ने पनि उनीहरूले तय गरेका छन् । त्यसपछि अनिश्चितकालीन यातायात बन्द र आमहडताल लगायतका कार्यक्रम समेत घोषणा हुने विज्ञप्ति मार्फत चेतावनी दिएका छन् ।
पत्रकार सम्मेलनमा पूर्व उपप्रधान मन्त्री राजेन्द्र महतो, पूर्व मन्त्री गोपाल किराती, पहिचानवादी नेता खगेन्द्र माखिम, जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पा, जसपाका केन्द्रीय सदस्य रमेश राई, नेपाल जनमुक्ति पार्टीका उपाध्यक्ष संविधानसभा सदस्य राजकुमार नाल्बो, नाउपाका नेता दिलकुमार लावती, जसपा प्रदेश १ का अध्यक्ष दिपक याक्खा, एमएनओ डिजीजिका जिवन मंगोल, किरात धर्म तथा साहित्य उत्थान संघका सुर्यविक्रम चेम्जोङ लगायत विभिन्न संघ संस्था र आन्दोलनरत पक्षका नेताहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा नेताहरुले मुक्कुमलुङमा केवलकार निर्माण भए तेस्रो जनआन्दोलन घोषणा गरेर अघि बढ्ने समेत चेतावनी दिएका छन् ।
कियाचू उपाध्यक्ष गोविन्द आङबुहाङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महिला नेत्री सरस्वता सिंगक लिम्बुले गरेकि थिईन भने प्रेसविज्ञप्ति थरगत सयङका सचिव राम मादेनले पढेका थिए ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;