दिपेन्द्र शिखर इलामले चुम्याे ‘पवित्रहाङमा गोल्ड कप २०८१’ काे उपाधी

 लिम्बुवान न्युज
                       

दमक, २ फाल्गुन । १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि दिपेन्द्र शिखर फुटबल क्लव इलामले चुमेको छ ।

इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज शुक्रबार सम्पन्न फाइनल खेलमा कनकाई नगरपालिका झापामाथि १–० को कठिन जित निकाल्दै दिपेन्द्र शिखर इलामले उपाधि कव्जा गरेको हो ।

इलामको जितमा सोष्तिमा विकले निर्णायक गोल गोरिन । उनले खेलको ४५औं मिनेटमा गोल गोल गरेकी हुन् ।

उपाधि कव्जा गरे सँगै इलामले ट्रफीसहित नगद पुरस्कार ३ लाख १ सय ६९, मेडल र प्रमाण पत्रा हात पारेका छन् ।

उपविजेता बनेको कनकाई झापाले भने ट्रफीसहित नगद २ लाख १ सय ६९, मेडल र प्रमाणपत्रमा चित्त बुझाएका छन् ।

यसैगरी खेलको उदयीमान खेलाडी ताप्लेजुङ फुबल संघकी प्रजिता राई घोषित हुँदा उत्कृष्ट गोलकिपर दिपेन्द्र शिखर इलामकी झरना नगारकोटी, अत्कृष्ट डिफेन्डर दिपेन्द्र शिखर इलामकी सजिना कोइराला, उत्कृष्ट खेलाडी दिपेन्द्र शिखर इलामकी सोष्तिामा विक र सर्वाधिक गोल कर्ता कनकाई झापाकी समिक्षा मगर घोषित भईन । विधागत उत्कृष्ट खेलाडीहरुलाई नगर सहित ट्रफी प्रदान गरिएको थियो ।

विजेता उपविजेता खेलाडीहरुलाई माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद कुमार नेम्बाङबाट पुरस्कार वितरण गरिएको थियो ।

लालकुमारी लावुङको अध्यक्षता र गोरीगञ्ज गाउँपालिकाका अध्यक्ष फुलमती राजबंशीको प्रमुख आतिथ्यमा सम्पन्न फाइनल खेलमा अध्यक्ष मनप्रसाद आङबुहाङको स्वागत मन्तव्य,सचिव सरिता राईको सञ्चालन रहेको थियो ।

प्रतियोगितामा आत्मापवित्र खेलकुद समिति र  साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा धर्मगुरू आत्मानन्द लिङदेन ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजन रहेको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...