पर्यटन प्रवर्द्धन गर्न ‘ऐनापोखरी महोत्सव’ शुरूः १० दिन चल्ने

 लिम्बुवान न्युज
                       

दमक, २ फाल्गुन । अधिकभन्दा अधिक आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले चुलाचुली गाउँपालिका ३ र ४ मा अवस्थित ऐनापोखरीमा महोत्सव आयोजना गरिएको छ ।

दशदिनसम्म जारी रहने महोत्सवको बिहीबार विशेष कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले उद्घाटन गरेका छन् । त्यस अवसरमा उनले स्थानीय पर्यटकीय क्षेत्रहरुको संरक्षण र विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताए ।

यही फागुन १० गतेसम्म सञ्चालन हुने महोत्सव अवधिभर विभिन्न खेलकुद प्रतियोगिताका साथै स्थानीय मौलिक संस्कृति, कला, साहित्य र संगीतको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनको प्रयास गरिएको  मूल व्यवस्थापन समिति अध्यक्ष कैलास थुलुङले बताए ।

महोत्सवमा विभिन्न जातजातिको पहिचान र संस्कृति झल्कने झाँकीसहित भेषभूषा, स्थानीय खाना परिकार, घरेलु तथा स्थानीय कृषिजन्य उत्पादनहरुको समेत प्रदर्शन गरिएको छ । महोत्सवमा १० दिन नै दैनिक राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकारहरुको साँगीतिक प्रस्तुति रहने वताइएकाे छ ।

ऐनापोखरी संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार समेत लागेको छ । सहज रुपमा ऐना पोखरी पुग्न चुलाचुली गाउँपालिकाले मोटर सञ्चालन हुने सडक निर्माण गरेको छ । चुलाचुली पालिकाले पोखरी आसपासको क्षेत्रमा प्रतीक्षालय लगायत विविध भौतिक संरचना पनि निर्माण गरेको छ ।

सम्बन्धित समाचार

लाइफलाइन अस्पतालले युरोलोजी र डिएम ग्यास्ट्रोलोजी सेवा थप गर्दै

दमक, ४ जेठ। झापाको दमकस्थित लाइफलाईन अस्पतालले विशिष्टिकृत स्वास्थ्य सेवा थप गर्ने भएको छ । आइतबार अस्पतालमा आयोजित सञ्चालक समिति र सञ्चारकर्मीबीचको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो । अस्पतालका नवनियुक्त सञ्चालक समिति...

मुक्कुमलुङमा केवलकार निर्माण खारेज नगरेसम्म आन्दोलन रोकिदैन

दमक, ३ जेठ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले जेठ २ गते एक विज्ञप्ति जारी गर्दै मुक्कुमलुङमा केवलकार निर्माण खारेज नगरेसम्म आन्दोलन नरोक्ने जनाएका छन् । ताप्लेजुङस्थित मुन्धुमीस्थल मुक्कुमलुङ सेमुक्तु मुक्तुबो...

किरात याक्थुङ चुम्लुङ् मेयङलुङ, छथर र आठराईको अधिवेशन सम्पन्न

ललितपुर, ३ जेठ । किरात याक्थुङ चुम्लुङ तेह्रथुम जिल्ला शाखा अन्तर्गत मेयङ्लुङ, छथर र  आठराइकाे शनिबार अधिवेशन सम्पन्न भएकाे छ । तीन स्थानीय तहकाे अधिवेशन कियाचू तेह्रथुम शाखाले एकैदिन सम्पन्न गरेकाे हाे । शनिबार कियाचु...

टुडिखेलमा साकेलाको रौनकः बच्चादेखि बुढासम्म कम्मर मर्काउँदै नाच्दै

ललितपुर, ३ जेठ । किरात राई समुदायले काठमाडौंस्थित टुडिखेलमा उभौलीको अवसरमा साकेला मनाएका छन् । शनिबार उपत्यकामा बसोबास गर्ने विभिन्न थरका राई समुदायले आफ्नो सांस्कृतिक परम्परा अनुसार टुडिखेलमा साकेला मनाएका हुन् । किरात समुदायले वैशाख...