लिम्बू कथानक चलचित्र ‘सेमिफुङ’को पोस्टर सार्वजनिक

 लिम्बुवान न्युज
                       

ललितपुर, ३ फाल्गुन । लिम्बू कथानक चलचित्र ‘सेमिफुङ’को पोस्टर सार्वजनिक भएको छ । शनिवार याक्थुङ फिल्म्स प्रा.लि.ले  पहिलाे पाेस्टर सार्वजनिक गरेको हो ।

निर्देशक रवि सेर्माकाे निर्देशनमा बनेकाे याे चलचित्र याक्थुङ फिल्मस् प्रालिकाे व्यानरमा निर्माण गरिएकाे हाे । बहुप्रतिक्षित चलचित्र सेमिफुङका निर्माताहरु बबिन आङ्देम्बे, सागर केरुङ र शेरबहादुर पतङ्वा रहेका छन् भने कथा/पटकथा/संवाद राज थापा काउचाले गरेका छन् ।

इलाम, झापा लगायत विभिन्न ऐतिहासिक ठाउँहरुमा छायांकन गरिएको चलचित्रको सम्पादन अनिल महर्जनले गरेका छन् भने साङ्सेन पन्धाक र ऐत खजुमको शब्द डिल्ली फोम्बोको संगीत, निरन्ता नेम्बाङ, इन्दीरा नेम्बाङ, देवेन चेम्जोङ, उदय बेघाको स्वर रहेको छ ।

बिक्रम डिसिको छायांकन र अशोक कुमार राइको ब्याकराउन्ड म्युजिक रहेको चलचित्र सेमिफुङमा बबिन आङ्देम्बे, चन्दा थेगिम, सतिका सुब्बा, चन्द्रप्रसाद बेघा, बिनोद पोमु, संगीता लावती, उदय कुरुम्बाङ, बिजय संयक लगायतले अभिनय गरेका छन् ।

लिम्बु संस्कार र प्रेमबारे निर्मित चलचित्र सेमिफुङ आगामी वैशाख १ गतेदेखि प्रदर्शनमा ल्याइने निर्माण पक्षले जनाएको छ ।

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...