तीन दिने मुक्कुमलुङ पदयात्रा सम्पन्नः सुरक्षाकर्मीसँगको झडपमा दर्जन घाईते

,   लिम्बुवान न्युज
                       


ताप्लेजुङ्, ८ फाल्गुन । ताप्लेजुङस्थित लिम्बु याक्थुङहरुको मुन्धुमी आस्थाको धरोधर मुक्कुमलुङमा आयोजना गरिएको तीनदिने मुक्कुमलुङ पदयात्रा सम्पन्न भएको छ । बिहीबार (आज) काफ्लेपाटीदेखि कान्छीथानसम्मको पदयात्रा गरि सम्पन्न भएको हो ।
पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले कुनैपनि हालतमा केवलकार बन्न नहुने बताए । यो आन्दोलन लिम्बुको मात्र होइन सबै पहिचानवादीको हो भन्दै यो सबैजातीको बहुलराज्य हो केवलकारले लिम्बुको पहिचान मेटिन्छ उनले भने ।
यसैगरी कार्यक्रममा डकेन्द्र सिंह थेगिम लिम्बुले गत माघ १२ गते घाइते भएका जिउँदो शहिदहरुको सम्मान गर्दै तीन दिने पद यात्रा र मुक्कुमलुङ युमामाङसँग क्षमा माग्न यो कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा ढेडहजारको संख्यामा आन्दोलनकारीहरु विभिन्न संघ संस्था र राजनीतकि दलका नेता कार्यकर्ताहरुको सशभागिता रहेको थियो । पदयात्रा समापनपश्चात क्षमा पुजामा पुगेर चिया तथा प्रसाद ग्रहणगरेपछि केवलकार निर्माण भईरहेको स्थानमा आन्दोलनकारीहरु पुगेका थिए ।
केबलकार निर्माण क्षेत्रमा पुगेर ‘नो केबलकार समूह’ले सुरक्षाकर्मीलाई ढुंगामुढा गरेपछि झडप भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । उनका अनुसार झडपमा सुरक्षाकर्मीसहित १२ जना घाइते भएका छन ्। घाइते हुनेमा सुरक्षाकर्मीको संख्या अझ थप हुने जानकारी प्राप्त भएको छ ।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्यास प्रहार गरेको छ । केबलकार निर्माणको विरोध गर्दै आएको संस्थाहरुले बिहीबार पदयात्रा गर्दै ठूलो फेदीबाट केबलकार निर्माणस्थलतर्फ पुगेका हुन् ।
निर्माणस्थल कब्जामा लिने भन्दै उक्त स्थानमा रहेका सुरक्षाकर्मीको घेरा तोड्न खोजेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोजेका थि ए। त्यसपछि विरोध गर्दै पुगेको समूहले ढुंगा हान्न सुरु गरेपछि झडप भएको हो । उनका अनुसार झडपमा नेपाल प्रहरी र सशस्त्रका गरी ११ जना र प्रदर्शनकारीतर्फ १ जना घाइते भएका छन् ।
मुक्कुमलुङ मुन्धुमी स्थललाई पाथीभरा नामाकरणभएदेखि रुष्ट बनेका पहिचान पक्षधरहरु यस क्षेत्रमा केबलकार बनाउने भनेपछि थप आन्दोलित भएका छन् । उनीहरुले आफ्नो ऐतिहासिक पहिचान मेटिने भन्दै मुक्कुम्लुङ संयुक्त संघर्ष समिति र मुक्कुम्लुङ केबलकार खारेजी संघर्ष समिति बनाएरै चरणबद्ध आन्दोलन गरिरहेका थिए । त्यसमा हाल मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समिति मार्फत आन्दोलन भईरहेको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;