ताप्लेजुङमा निशेधाज्ञाः २७ घाइते, १५ जना भन्दा धेरै प्रहरी नियन्त्रणमा

,   लिम्बुवान न्युज
                       

दमक, ११ फाल्गुन ।  ताप्लेजुङ जिल्लास्थित मुक्कुमलुङमा पाथीभरा केबलकार निर्माण विवादले उग्र रुप लिँदै गएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिबार मध्यरातमा सूचना सार्वजनिक गर्दै निषेधाज्ञा जारी भएको जानकारी गराएका हुन्।

सूचनामा उल्लेख भए अनुसार ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजार क्षेत्र र मुक्कुमलुङ पाथीभराकाे काफ्लेपाटी, बलुडाँडा क्षेत्रमा निषेधाज्ञा कार्यान्वयन हुने लेखिएकाे छ।

अर्को सूचना नभएसम्मका लागि आइतबार बिहान ५ बजेदेखि निषेधाज्ञा कार्यान्वयन भएको छ । शनिबार साँझमात्र केबलकार पक्ष र विपक्षको झडपमा दर्जनौ स्थानीय घाइते भएपछि प्रशासन निषेधाज्ञा जारी गर्न पुगेको हो। सुचनामा प्रतिकूल परिस्थिति बनेका कारण स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३)(क) बमोजिम निषेधाज्ञा जारी गरिएको उल्लेख छ।

सूचनामा सदुरमुका फुङ्लिङ बजारसहित पूर्वतर्फ फुङलिङ नगरपालिका ७ सल्लेरी, पश्चिममा घोडेटार थलङधारा, उत्तरतर्फ उकालीपानी र दक्षिणतर्फ शेर्पा टोल, भेटेरिनरी कञ्चनजङ्घा टोलसम्म निषेधाज्ञा तोकिएको छ। मुक्कुमलुङ पाथीभरा क्षेत्रको काफ्लेपाटी बलुडाँडाको पूर्वतर्फ पर्यटक प्रहरी भवन, पश्चिमतर्फ बलुडाँडा डढेले इलाका, उत्ततरतर्फ केबुलकार बेस स्टेशन र दक्षिणतर्फ निर्माणधीन नयाँ बसपार्कको १०० मिटर क्षेत्रभित्र सीमा निषेधाज्ञाका लागि तोकिएको छ।

उक्त क्षेत्रमा पाँच जना भन्दा बढी मानिस भेला हुन नपाउने, सभा, जुलुस, प्रदर्शन र घेराउजस्ता गतिविधि गर्न नपाउने सूचनामा भनिएको छ। उल्लंघन भएमा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ।

रातभरी प्रहरी प्रशासनले मुक्कुमलुङ ताङसेप चुम्भाे र अन्तरदलीय संघर्ष समितिका नेता तथा कार्यकर्ताहरूमाथि धरपकड गरेकाे छ नविन पाेमू सहित १५ जना प्रहरीले पक्राउ गरेकाे स्राेतले जनाएकाे छ भने दुवै पक्षगरी २४ भन्दा धेरै घाइते भएका छन् । माेर्चाका नेता कृर्तिमान मादेनका अनुसार २७ जना भन्दा धेरै घाइते भएकाे बताएका छन् । उनीहरूकाे विभिन्न स्थानमा उपचार भइरहेकाे हुँदा घाइतेकाे यकिन नभएकाे बताए । प्रहरीले रातभरी घर घेरा हालेर नियन्त्रन्णमा लिएकाे बताए ।

यस्तै अान्दाेलनरत पक्षका इलामका घाइते राम राइकाे फिदिममा उपचार भइरहेकाे स्राेतले जनाएकाे छ । उनकाे दाहिने खुट्टा र कुम भाचिएकाे छ ।

यस्तै अन्य शख्त घाइतेहरू सम्बर लिम्बु, शिसीर पाेमु, एन के दर्नाललाइ धरान लगिएकाे स्राेतले जनाएकाे छ । उनीहरूकाे टाउँकाे लगायत स्थानमा गम्भीर चाेट लागेकाे बताइएकाे छ । प्रहरी र अान्दाेलनरत पक्षकाे अन्य कति घाइते भए अहिलेसम्म कुनै सूचना प्राप्त हुन सकेकाे छैन । त्यसैगरी संघर्ष समितिका कति जना पक्राउ परेकाे हालसम्म प्रशासनले सार्वजनिक गरेकाे छैन ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;