फुङलिङ घटनामा पाँच घाइते, १५ जना पक्राउ थप विवरण आउन बाँकी

,   लिम्बुवान न्युज
                       

दमक, ११ फाल्गुन । मुक्कुमलुङमा केवलकार निर्माण खारेजी आन्दोलनले उग्र रुप लिदाँ फुङ्लिङमा १५जना आन्दोलनकारी पक्राउ परेका छन् । मुक्कुमलुङ पदयात्राबाट फकेर फुङलिङ आइपुगेपछि ¥याली सहित मसाल जुलुस गर्ने क्रममा प्रहरीसँग झडप हुँदा उनीहरु पक्राउ परेका हुन् ।
मुक्कुमलुङ ताङ्सेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले फाल्गुन ६ देखि ८ गतेसम्म तीन दिने मुक्कुमलुङ पदयात्रा र क्षमा पुजा आयोजना गरेको थियो । ८ गते केवलकार निर्माण स्थलमा प्रहरी र आन्दोलनकारी आमनेसामने भएपछि बेलुकी डोजर निर्माण स्थलबाट निकालिएको थियो भने प्रहरीसँगको झडपमा दुई दर्जन घाइते भएका थिए ।
नेपाल रेडक्रस र इन्सेकका प्रतिनिधि चडेको बलेरो गाडी प्रदर्शन भईरहेको स्थानमा आएपछि सो गाडीको सिसा तोडफोड भएको थियो । त्यसको विरोध गर्दै यातायात मजदुर आन्दोलित हुँदा फाल्गुन ९ गते ताप्लेजुङमा यातायात बन्द समेत भएको थियो ।
यातायात नै अवरोध गरेर केवलकार निर्माण पक्षलाई सहयोग गरेको भन्दै आन्दोलनरत पक्ष थप आक्रोसित भएका थिए । केवलकार निर्माण पक्षका युवाहरुले पत्रकारहरुमाथि हातपात साथै सामाग्रीहरुसमे खोसेका थिए । पत्रमार महासंघ तथा फोनिज लगायत संगठनले त्यसको निन्दा गरेको थियो ।


शनिबार साँझ फुङलिङमा मसाल जुलुसमा घरमाथिबाट ढुंगा प्रहार भएपछि थप हिसात्मक हुँदा प्रहरी र प्रदर्शनकारीबिच हाना हुँदा २७ भन्दा धेरै घाइते भएको स्रोतले बताएको छ । आन्दोलनकारी तर्फ सम्बर लिम्बु, शिशिर पोमू, एन.के. दर्नाल, राम कुमार राई, अमृत मादेन र मे. असिम पालुङ्वा घाइते भएका छन् भने प्रहरी तर्फ दर्जनभन्दा धेरै घाइते भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । प्रशासनले फुङलिङ र काफ्लेपाटीमा निशेधाज्ञा समेत जारी गरेको छ ।
प्रतिनिधिसभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, रास्वपाकी तोसिमा कार्की लगायत संसदहरुले तुरुन्त केवलकार निर्माण रोकेर वार्ता संवादको माध्यमबाट समस्या हलगर्न सरकारलाई माग गरेका छन् ।
यसैगरी प्रदेश नं. १ का माननीय इन्द्र आङबो, निर्मला तावा लगायत सदस्यहरुले पनि ताप्लेजुङ् आन्दोलनलाई उच्च स्तरीय समिति गठन गरि समाधान गर्न प्रदेश सरकार मार्फत संघीय सरकारलाई अनुरोध गरेका छन् ।
नेकपा माओवादी प्रदेश नं. १, नेपाल आदिवासी जनजाति महासंघ, जनता समाजवादी पार्टी, नेपाल, किरात राई यायोक्खा, जसपा लगायतका दलहरुले समेत सरकारको ध्यानाकर्षण गरेका छन् ।
आन्दोलनरत पक्षबाट विज्ञप्ति जारी गर्दै घाइतेहरुको उपचार गर्न सरकारसँग माग गर्दै प्रहरी ज्यादातीको निन्दा तथा भत्र्सना गरेको छ ।


रातभरी आतङकित पारेर घरघरमा प्रशासन र केवलकार पक्षका युवाहरु प्रयोग गरि राज्यले बर्बरदमन गरेकोमा आपत्ती जनाएको छ । साथै खाना खाईरहेको अवस्थामा घरबाट नै अपहरणशैलीमा प्रशासनले आन्दोलनरत १५ जनालाई नियन्त्रणमा लिएको जनाइएको छ ।

नियन्त्रणमा रहेकाहरुमा ताप्लेजुङका नविन पोमू, पान्थरका यमन राई, मित्र लिङदेन, सुनिता केरुङ, इलामका योगेन्द्र लावती, झापाका निहा चेम्जोङ, इक्सा लिम्बु, दिक्षा क्षेत्री, मोरङका तुलाराम तामाङ, हरि लिम्बु, सुनसरीका अर्जुन तामाङ, अनुप सुब्बा, विशेस सुब्बा, जुरन राई र विवेक लिम्बु रहेका छन् ।

यसैगरी ताप्लेजुङ फुङलिङकाे बरबर दमनकाे विरूद्ध झापाकाे दमक, धनकुटा, खाेटाङ लगायत विभिन्न स्थानमा बिराेध सभा गरेकाे छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;