इटहरीमा आदिवासी संगठनका प्रशिक्षकलाई तीन दिने प्रशिक्षक प्रशिक्षण

 लिम्बुवान न्युज
                       

दमक, १५ फाल्गुन । आदिवासी संगठनका प्रशिक्षकलाई सुनसरीको इटहरीमा आयोजित तीन दिने प्रशिक्षक प्रशिक्षण बुधबार सकिएको छ । नेपालका पूर्व पहाडी भेगका वन, भूमि र जैविक विविधताको दिगो व्यवस्थापनका लागि क्षमता अभिवृद्धि आयोजना (एफएलबिइएच) अन्तर्गत आयोजना सञ्चालित जिल्लामा प्रशिक्षक उत्पादन गर्ने उदेश्यले प्रशिक्षण आयोजना गरिएको थियो ।

प्रशिक्षणमा आयोजना सञ्चालित पाँच जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र संखुवासभाका दुई/दुई जना गरी १० जनाको सहभागिता थियो । प्रशिक्षणमा आयोजना व्यवस्थापन इकाई विराटनगरका आयोजना संयोजक प्रशान्त नेपाल, १ नं. प्रदेश वन निर्देशनालयका वन अधिकृत डम्बरबहादुर भण्डारी, नेपाल आदिवासी जानजाति महासंघका केन्द्रीय कोषाध्यक्ष विमल सारु मगर र सहजकर्ता हरी थलङले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा आदिवासी जनजाति महासंघ, एफएलबि आयोजना   वयस्क सिकाईका सिद्धान्त, प्रशिक्षकका टिप्सहरु, तालिका प्रविधि, प्रभावकारी तालिम डिजाइन, स्वतन्त्र, अग्रिम र सुसूचित मञ्जुरी (एफपिक), अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि १६९, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनमा एफपिकको प्रावधान, एफपिक कार्यान्वयन प्रक्रियालगायतका विषयमा छलफल भएको थियो ।

नेपालको पूर्वी पहाडी क्षेत्रमा संरक्षित क्षेत्र भन्दा बाहिर विश्वव्यापी रूपमा महत्वपूर्ण जैविक विविधता संरक्षण र दिगो जीविकोपार्जनका लागि सुधारिएको पारिस्थितिक प्रणाली सेवाहरूको प्रवाह गर्ने उदेश्यले गतवर्षदेखि आयोजना सञ्चालित छ । विश्व वातावारण सुविधा (जीऐएफ) को आर्थिक सहयोगमा युक्त राष्ट्र संघ, खाद्य तथा कृषि संगठन (एफएओ) को प्राविधिक सहायतामा वन तथा वातावरण मन्त्रालयको आयोजना र नेपाल आदिवासी जनजाति महासंघको व्यवस्थापनमा पर्यटन, वन तथा वातावरण मन्त्रालय, १ नं. प्रदेशले आयोजना कार्यान्वयन गरिरहेको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...