इटहरीमा आदिवासी संगठनका प्रशिक्षकलाई तीन दिने प्रशिक्षक प्रशिक्षण

 लिम्बुवान न्युज
                       

दमक, १५ फाल्गुन । आदिवासी संगठनका प्रशिक्षकलाई सुनसरीको इटहरीमा आयोजित तीन दिने प्रशिक्षक प्रशिक्षण बुधबार सकिएको छ । नेपालका पूर्व पहाडी भेगका वन, भूमि र जैविक विविधताको दिगो व्यवस्थापनका लागि क्षमता अभिवृद्धि आयोजना (एफएलबिइएच) अन्तर्गत आयोजना सञ्चालित जिल्लामा प्रशिक्षक उत्पादन गर्ने उदेश्यले प्रशिक्षण आयोजना गरिएको थियो ।

प्रशिक्षणमा आयोजना सञ्चालित पाँच जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र संखुवासभाका दुई/दुई जना गरी १० जनाको सहभागिता थियो । प्रशिक्षणमा आयोजना व्यवस्थापन इकाई विराटनगरका आयोजना संयोजक प्रशान्त नेपाल, १ नं. प्रदेश वन निर्देशनालयका वन अधिकृत डम्बरबहादुर भण्डारी, नेपाल आदिवासी जानजाति महासंघका केन्द्रीय कोषाध्यक्ष विमल सारु मगर र सहजकर्ता हरी थलङले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा आदिवासी जनजाति महासंघ, एफएलबि आयोजना   वयस्क सिकाईका सिद्धान्त, प्रशिक्षकका टिप्सहरु, तालिका प्रविधि, प्रभावकारी तालिम डिजाइन, स्वतन्त्र, अग्रिम र सुसूचित मञ्जुरी (एफपिक), अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि १६९, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनमा एफपिकको प्रावधान, एफपिक कार्यान्वयन प्रक्रियालगायतका विषयमा छलफल भएको थियो ।

नेपालको पूर्वी पहाडी क्षेत्रमा संरक्षित क्षेत्र भन्दा बाहिर विश्वव्यापी रूपमा महत्वपूर्ण जैविक विविधता संरक्षण र दिगो जीविकोपार्जनका लागि सुधारिएको पारिस्थितिक प्रणाली सेवाहरूको प्रवाह गर्ने उदेश्यले गतवर्षदेखि आयोजना सञ्चालित छ । विश्व वातावारण सुविधा (जीऐएफ) को आर्थिक सहयोगमा युक्त राष्ट्र संघ, खाद्य तथा कृषि संगठन (एफएओ) को प्राविधिक सहायतामा वन तथा वातावरण मन्त्रालयको आयोजना र नेपाल आदिवासी जनजाति महासंघको व्यवस्थापनमा पर्यटन, वन तथा वातावरण मन्त्रालय, १ नं. प्रदेशले आयोजना कार्यान्वयन गरिरहेको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...