फाल्गुन १७ गते प्रदेशको कालो दिनः १४ जिल्लामा विराेध सभा हुने

 लिम्बुवान न्युज
                       

दमक, १६ फाल्गुन । प्रदेश नं. १ को नाम कोशी नामाङ्कनको दिन फाल्गुन १७ गते पहिचान पक्षधरले कालो दिन घोषणा गरेका छन् ।
प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले फाल्गुन १७ गते कालो दिन घोषणा गर्दै प्रदेशको विभिन्न स्थानमा विरोध सभा गर्ने जनाएको छ ।
प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका संयोजक तथा किरात याक्थुङ चुम्लुङ् संघीय अध्यक्ष प्रदेश एक्तेनका अनुसार पहाडि जिल्लाहरुमा सदरमुकाम केन्द्रित कार्यक्रम साथै तराईका जिल्लाहरुमा विभिन्न स्थानहरु केन्द्रित कार्यक्रमको आयोजना गरिने वताएका छन् ।
पहिचानको आधारमा प्रदेशको नाम पहिचानको आधारमा नराखिए थप आन्दोलनको घोषणा गरिने चेतावनी दिएका छन् ।
बि.सं. २०७९ फाल्गुन १७ गते कोशी नामाकरण प्रदेशसभाले गरेसँगै प्रदेश नं. १ अशान्त बनेको छ । आन्दोलनको क्रममा २०७९ चैत्र ५ गते विराटनगरमा भएका बृहत जनप्रदर्शनको क्रममा घाइते भएका पदम कुमार लिम्बु लाजेहाङ घाइते भई चैत्र १० गते शहिद भएका छन् । भने दर्जनौं जना कोशी नाम खारेजीको आन्दोलनमा घाइते भएका छन् । तर, सरकारले हालसम्म पनि प्रदेश नामाकरण खारेज बारे कुनै चासो नराखेकोमा पहिचान पक्षधर नेतृत्वहरु विरोधमा उत्रने चेतावनी दिएका छन् ।
संघर्ष समितिका घटक सदस्य नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा, प्रदेश नं. १ अभियान समिति, शेर्पा संघ साथै पहिचान पक्षधर राजनीतिक पार्टीका प्रमुखहरुले आन्दोलनलाई कमजोर नठान्न सरकारलाई चेतावनी दिएका छन् ।
प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको आयोजनामा गरिने विरोध सभामा प्रदेशको नाम कोशी खारेज गर । प्रदेशको नाम कोशी मुर्दावाद, सहिद पदम कुमार लिम्बु लाजेहाङ अमर रहुन् साथै पहिचानको आधारमा प्रदेश नं. १ को पुनः नामाकरण गर भन्ने नाराका साथ सबै जिल्ला र क्षेत्रहरुमा कार्यक्रम गर्न संघर्ष समितिले अपिल गरेको छ ।

 

सम्बन्धित समाचार

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...