जसपा झापा अध्यक्षमा राजवंशी, समायोजन घोषणा १९ गते बिर्तामोडमा हुने

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। जनता समाजवादी पार्टी (जसपा) नेपालको झापा जिल्ला समायोजन टुङ्गिएको छ ।

जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिबाट गठित जिल्ला समायोजन कार्यदलले सर्वसम्मत निर्णय सहित समायोजन टुङ्गोमा पुर्याएको कार्यदल सदस्य एवम् प्रदेश १ अध्यक्ष प्रवीण चाम्लिङले जानकारी दिएका छन् ।

कार्यदलले सोमबार दमकमा पूर्व समाजवादी र राजपा जिल्ला समन्वय समितिका पदाधिकारीहरुलाई निर्णय जानकारी गराएको थियो भने विज्ञप्ति समेत जारी गरेर समायोजन टुङ्गिएको जानकारी दिएको हो ।

विज्ञप्तिमा जनाइए अनुसार अनुतसिंह राजवंशीको अध्यक्षतामा २२५ सदस्यीय जिल्ला समन्वय समिति बन्ने छ भने २५ सदस्यीय जिल्ला कार्यकारिणी समितिका उपाध्यक्षहरुमा क्रमशः वीरबहादुर श्रेष्ठ, देबेन्द्रकिशोर ढुङ्गाना, सङ्गीता रौनियार, सज्जनकुमार वंशल, गोकुल हुमाँगाई, मेरी राजवंशी र शिवन सोराली मगर छन् । त्यस्तै सचिवमा दिपक न्यौपाने, उप-सचिवहरुमा अर्जुन राई, खड्गनारायण राजवंशी, बुद्ध बराइली, पुष्पितादेवी साह र रमा मेचे छ्न् ।

कोषाध्यक्षमा राजु खड्का छन् भने कार्यकारी सदस्यहरुमा क्रमशः कामेश्वर राजवंशी, सुन्दरलाल साह, भाद्रु गणेश, प्रेमकुमार राई, शान्ता पालुङ्वा, गणेश दाहाल, डिल्ली माबो र उदय गुरुङ छन् ।

फागुन १९ गते विर्तामाेडकाे रोयल पार्टी प्यालेसमा समायोजन कार्यदलले बृहत् भेला आयोजना गरेर जसपा जिल्ला समन्वय समितिको औपचारिक घोषणा गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । सो भेलालाई पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवम् पूर्वमन्त्री रकम चेम्जोङले सम्बोधन गर्ने बताइएको छ ।

समायोजन कार्यदलले सोमबार जारी गरेको विज्ञप्तिः

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...