प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन, बी एण्ड सीलाई छिट्टै मेडिकल कजेलको सम्बन्धन दिने आश्वासन

,   लिम्बुवान न्युज
                       

विर्तामोड, १८ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले विर्तामोडको बी एण्ड सी मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयबाट छिट्टै सम्बन्धन दिलाउने आश्वासन दिएका छन् ।

आज झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बी एण्ड सी अब छिट्टै मेडिकल कलेज बन्ने बताएका हुन् ।

अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले उनी हिम्मत भएको मान्छेसमेत भनेका छन् । ‘बि एण्ड सीमा अब छिट्टै विद्यार्थीहरु डाक्टरी पढ्न आउने छन्’ प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा अस्पताल परिवारलाई पनि हौस्याएका छन् ।

वर्तमान सरकारले बनाएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सार्थक कार्यान्वयन गर्न इन्टरनेटमा फोर जी सेवा सबै जिल्लामा पुर्याउने तयारी भएको, डिजिटल सोएल टेस्ट सुरु गरेर कृषिलाई आधुनिकीकरणतर्फ लैजाने प्रबन्ध मिलाएको प्रधानमन्त्री ओलीको दावी छ । अबका संरचना भुकम्प प्रतिरोधात्मक बनाउने काम गरिरहेको, घरबारबिहीन दुई लाख जनतालाई एकीकृत बस्ती बनाएर घर हस्तान्तरण गरेको प्रधानमन्त्रीको भनाई छ ।

‘आफूलाई प्रधानमन्त्री पदबाट हटाउन सक्नेले हटाएर देखाउन् भन्दै, म डेढ दुई वर्षपछि हुने चुनावमा दुई तिहाईको संख्यामा सांसद जिताएर फेरि प्रधानमन्त्री बन्छु र पुनः सिंहदरबार फर्कन्छु’ दावी गरेका छन् ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;