प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन, बी एण्ड सीलाई छिट्टै मेडिकल कजेलको सम्बन्धन दिने आश्वासन

 लिम्बुवान न्युज
                       

विर्तामोड, १८ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले विर्तामोडको बी एण्ड सी मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयबाट छिट्टै सम्बन्धन दिलाउने आश्वासन दिएका छन् ।

आज झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बी एण्ड सी अब छिट्टै मेडिकल कलेज बन्ने बताएका हुन् ।

अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले उनी हिम्मत भएको मान्छेसमेत भनेका छन् । ‘बि एण्ड सीमा अब छिट्टै विद्यार्थीहरु डाक्टरी पढ्न आउने छन्’ प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा अस्पताल परिवारलाई पनि हौस्याएका छन् ।

वर्तमान सरकारले बनाएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सार्थक कार्यान्वयन गर्न इन्टरनेटमा फोर जी सेवा सबै जिल्लामा पुर्याउने तयारी भएको, डिजिटल सोएल टेस्ट सुरु गरेर कृषिलाई आधुनिकीकरणतर्फ लैजाने प्रबन्ध मिलाएको प्रधानमन्त्री ओलीको दावी छ । अबका संरचना भुकम्प प्रतिरोधात्मक बनाउने काम गरिरहेको, घरबारबिहीन दुई लाख जनतालाई एकीकृत बस्ती बनाएर घर हस्तान्तरण गरेको प्रधानमन्त्रीको भनाई छ ।

‘आफूलाई प्रधानमन्त्री पदबाट हटाउन सक्नेले हटाएर देखाउन् भन्दै, म डेढ दुई वर्षपछि हुने चुनावमा दुई तिहाईको संख्यामा सांसद जिताएर फेरि प्रधानमन्त्री बन्छु र पुनः सिंहदरबार फर्कन्छु’ दावी गरेका छन् ।

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...