बुधबार, १९ फागुन, २०७७ बिहानको १०:०० बजे,
लिम्बुवान न्युज
दमक। संचारकर्मी आन्छुमे नसानको निर्देशनमा ‘शहर राम्रो इटहरी’ गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक सुहाङ लावती लिम्बू तथा गायिका विध्या आङला लिम्बूको आवाजमा सजिएको पुर्वेली लोक भाका वल्र्ड याक्थुङ लिम्बू कल्चरल युनिटी युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतकार पदम दुखी सम्बाहाङफेको शव्द तथा संगीतमा सजिएको टंक लिम्बू कुरुम्भङको संगीत संयोजन रहेको पुर्वेली लोक भाकाको गीत ‘शहर राम्रो इटहरी’ गीतलाई सेलिङ सेन्दोको छायाँकन रहेको छ भने, सुजन श्रेष्ठले सम्पादन तथा कलर गरेका छन् ।
हाङमा आङला लिम्बू र निवस राईको अभिनय रहेको भिडियोमा दिल्लीसो हाङमा तुम्साको मेकअप रहेको छ भने सहायक निर्देशन सङसेमी माङयुङले गरेका छन् । गीत रिफ डिजिटल रेकर्डिङ स्टुडियो दमकमा रेकर्डिङ गरिएको हो ।
जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...
ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...
ललितपुर, ११ पुष । झापाको दमक–६ मा रहेको शुभकामना वचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्षको बार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन लगायत प्रतिवेदनहरु पास गर्दै नयाँ समिति चयन गरेको...
ललितपुर, ११ पौष । उज्यालो नेपाल पार्टी इलाम जिल्ला समिति गठन भएको छ । शुक्रबार इलाम बजारमा आयोजित एक कार्यक्रमबाट सन्तराम योङहाङको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य प्रा.डा. महेन्द्र...