सरकार र विप्लव समूहको दोस्रो चरणको वार्ता सम्पन्न

,   लिम्बुवान न्युज
                       

काठमाडौं। सरकारले बनाएको वार्ता टोलीले विप्लव समूहको वार्ता टोलीसँग एकै दिन दुई पटक वार्ता गरेको छ । विभिन्न विषयमा केन्द्रित बार्ताको दोस्रो चरणको वार्ताबाट थप उपलिब्ध भएको छ ।

सरकारी वार्ता टोलीका सदस्य प्रधानमन्त्रीका परराष्ट्र मामला सल्लाहकार राजन भट्टराईले ट्वीटमार्फत वार्ता उपलब्धीमूलक भएको जानकारी दिएका हुन् ।

उनका अनुसार वार्ता विषय केन्द्रित भएको छ । ‘दुवै पक्ष समान धारणानजिक पुगेको र छिट्टै निष्कर्षमा पुग्ने ट्वीटमा उल्ल्ेख गरेका छन् ।

दुवै पक्षले वार्ताको स्थानबारे भने कुनै जानकारी दिएका छैनन् । सरकारले प्रतिबन्धित विप्लव समूहसँग वार्ता गर्नका लागि मंगलबार गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

त्यसको केही घण्टा पछि विप्लव समूहले पूर्व मन्त्री समेत रहेका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा दुई सदस्य समिति गठन गरेको थियो ।

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;