जसपा झापा समायोजन सकिएको कार्यदलको भनाइ

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। जनता समाजवादी पार्टी (जसपा)नेपालको झापा जिल्ला पार्टी समायोजन कार्य पूरा भएको जनाएको छ । जसपा नेपाल झापा जिल्ला पार्टी समायोजन गर्न केन्द्रीय कार्यकारिणी समितिले गठन गरेको कार्यदलले बुधबार दमकमा पत्रकार सम्मेलन गरेर पार्टी समायोजनको निर्णय सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा कार्यदलको तर्फबाट बोल्दै पार्टीका प्रदेश १ अध्यक्ष एवम् केन्द्रीय सदस्य प्रवीण चाम्लिङले समावेशी नेतृत्वलाई स्थापित गर्ने पार्टीको नीति अनुसार अप्पसंख्यक क्लस्टर राजवंशी समुदायबाट अनुतसिंह राजवंशीको नेतृत्वमा २२५ सदस्यीय जसपा झापा जिल्ला समायोजन समिति गठन भएको जानकारी दिए ।

कार्यदलबाट जारी विज्ञप्तिमा प्रदेश १ को १४ जिल्लाभरीमा झापामा समेत राजपा पक्षलाई नेतृत्व नदिदा पार्टी एकता र समायोजन प्रकृयाको मर्म र भावनामा ठेस पुग्ने साथै चुनावी मत परिणामको हकमा पूर्व समाजवादी पार्टी र पूर्व राजपाबीज झापा जिल्लामा मतअन्तर कम भएकोले राजपा पक्षको मागलाई सम्बोधन गरिएको उल्लेख छ ।

कार्यदलले पुर्व दुई अध्यक्ष मध्येको दिपेनवाला राईलाई जिल्ला समन्वय समितिको सह–अध्यक्ष वा प्रदेश १ समितिको सदस्यमा पदका लागि जिम्मेवारी दिने निर्णय भएको समेत विज्ञप्तिमा उल्लेख छ ।

कार्यदलमा प्रदेश १ अध्यक्ष एवं केन्द्रीय सदस्य चाम्लिङ, केन्द्रीय सदस्यहरु सुर्यनारायण गणेश, शंकर राजवंशी, मानबहादुर राई, प्रमदिप थाम्सुहाङ, रामचन्द्र लिम्बु, विश्वनाथसिंह राजवंशी, पृथ्वी नारायण कार्की, मोहितलाल कामती पूर्व राजपा झापा जिल्ला अध्यक्ष अनुतसिंह राजवंशी र सचिव देबेन्द्रकिशोर ढुङ्गाना रहेका छन् ।

जसपाको लेटरप्याड प्रयोग भएकोमा ध्यानाकर्षण

यसैबीच जनता समाजवादी पार्टी झापा जिल्लाको लेटरप्याड प्रयोग गरी साविक समाजवादी पार्टीका पधाधिकारीहरु भनी मंगलबार सार्वजनिक भएको विज्ञप्तिको सम्बन्धमा पूर्व समाजवादी र पूर्व राजपा झापा जिल्ला समितिका पधाधिकारीहरुले आफूहरुको ध्यानाकर्षण भएको बताएका छन् ।

सोही पत्रकार सम्मेलनमा पदाधिकारीहरुको तर्फबाट पनि विज्ञप्ति सार्वजनिक भएको थियो । जारी विज्ञप्तिमा पार्टी समायोजन भएको कुरा झुटा हो भनी गरिएका प्रचार प्रसारमा कुनै सत्यता नभएको उल्लेख छ ।

पूर्व दुवै पार्टीको जिल्ला समितिका पदाधिकारी र सदस्यहरुलाई कार्यदलले समायोजन प्रक्रिया मार्फत राजनीतिक भविष्य सुनिश्चित गरेको भन्दै यस कार्यले झापा जिल्लामा पार्टी थप एक ढिक्का र बलियो बनेको समेत उनीहरुले विज्ञप्ति मार्फत जनाएका छन् ।

विज्ञप्तिमा पूर्व राजपा तर्फबाट अध्यक्ष अनुतसिंह राजवंशी सहित पदाधिकारीहरु मेरी राजवंशी, देवेन्द्रकिशोर ढुङ्गाना, खड्गनारायण राजवंशी, पुष्पितादेवी साह, कृष्णप्रसाद थपलियाले हस्ताक्षर गरेका छन् भने पूर्व समाजवादीतर्फबाट उपाध्यक्ष सङ्गीता रौनियार सहित कान्छा हुमाँगाई (गोकुल), बुद्ध बराइली र गणेश दाहालले हस्ताक्षर गरेका छन् ।

 

पूर्व समाजवादी पार्टीका जिल्ला अध्यक्ष सहित नेताहरु असन्तुष्ट

पार्टी समायोजन कार्यादलले एकलौटी मनोमानी ढंगबाट समाजोजन गरेको भन्दै पूर्व समाजवादी पार्टीका झापा जिल्ला अध्यक्ष दिपेन वाला राई लगायत पूर्व समाजवादी जिल्ला समितिका पदाधिकारीहरुले असन्तुष्ट व्यक्त गरेका छन् ।

उनीहरुले मंगलबार एक विज्ञप्ति निकाल्दै जिल्ला समायोजन सहजीकरण कार्यदलले पूर्व समाजवादी पार्टीका जिल्ला समितिसँग कुनै छलफल नै गरी असहमतिका बाबजुद पार्टी समायोजनले देशभरी कार्यकर्ताहरु उत्साहित बनिरहेको समयमा प्रतिगमनलाई सहयोग पुग्ने गरी पार्टी समायोजन भएकोमा खेद व्यक्त गरेका छन् ।

उक्त विज्ञप्तिमा जिल्ला अध्यक्ष राई, उपाध्यक्षहरु विर बहादुर श्रेष्ठ, शिवन सोराली मगर, सचिव पुष्प प्रसाद पौडेल, सह–सचिव अर्जुन कुमार राई र कोषाध्यक्ष राजु खड्काले हस्ताक्षर गरेका थिए ।

असन्तुष्ट पक्षकाे विज्ञप्ति

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...