खानेपानी संस्थानलाई बोर्डमा गाभेकोमा लिम्बुवानको आपत्ति

 लिम्बुवान न्युज
                       

धरान। नेपाल खानेपानी संस्थानलाई बोर्डमा गाभेकोप्रति संघीय लिम्बुवान मञ्च नेपालले आपत्ति जनाएको छ । आज मञ्चले धरान उपमहानगरका प्रमुख तिलक राईलाई ज्ञापन–पत्र बुझाएको छ ।

धरान खानेपानी व्यवस्थापन बोर्डमा आउनुअघि सञ्चालित एकीकृत सहरी विकास आयोजना (आइयुडिपी) को लेखा परीक्षण सार्वजनिक गर्नुपर्ने माग गरेको छ ।

मञ्चले आइयुडिपी आयोजना असफल भएको दाबी गरेको छ । प्रमुख राईले विज्ञ समूहले दिएको प्रतिवेदनपछि मात्रै गाभ्ने बताउँदै आए पनि हाल आएर आफ्नो पार्टीलाई समेत जानकारी नदिई गाभेकोप्रति आपत्ति रहेको मञ्चका धरान अध्यक्ष सञ्जुहाङ सावाँ लिम्बूले बताए ।

उनले धरानमा भएका सबै साना–ठूला राजनीतिक दलका प्रतिनिधिलाई जानकारी दिएर गाभ्नुपर्ने भए पनि एकलौटी ढङ्गबाट गाभिएको दाबी गरे । ज्ञापन–पत्र मञ्चका जिल्ला अध्यक्ष अमर इजमलगायत नेताको उपस्थितिमा बुझाइएको थियो ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...