खानेपानी संस्थानलाई बोर्डमा गाभेकोमा लिम्बुवानको आपत्ति

 लिम्बुवान न्युज
                       

धरान। नेपाल खानेपानी संस्थानलाई बोर्डमा गाभेकोप्रति संघीय लिम्बुवान मञ्च नेपालले आपत्ति जनाएको छ । आज मञ्चले धरान उपमहानगरका प्रमुख तिलक राईलाई ज्ञापन–पत्र बुझाएको छ ।

धरान खानेपानी व्यवस्थापन बोर्डमा आउनुअघि सञ्चालित एकीकृत सहरी विकास आयोजना (आइयुडिपी) को लेखा परीक्षण सार्वजनिक गर्नुपर्ने माग गरेको छ ।

मञ्चले आइयुडिपी आयोजना असफल भएको दाबी गरेको छ । प्रमुख राईले विज्ञ समूहले दिएको प्रतिवेदनपछि मात्रै गाभ्ने बताउँदै आए पनि हाल आएर आफ्नो पार्टीलाई समेत जानकारी नदिई गाभेकोप्रति आपत्ति रहेको मञ्चका धरान अध्यक्ष सञ्जुहाङ सावाँ लिम्बूले बताए ।

उनले धरानमा भएका सबै साना–ठूला राजनीतिक दलका प्रतिनिधिलाई जानकारी दिएर गाभ्नुपर्ने भए पनि एकलौटी ढङ्गबाट गाभिएको दाबी गरे । ज्ञापन–पत्र मञ्चका जिल्ला अध्यक्ष अमर इजमलगायत नेताको उपस्थितिमा बुझाइएको थियो ।

सम्बन्धित समाचार

‘याक्थुङ कक्षा ९’ पाठ्यपुस्तक अब आगामी शैक्षिक सत्रदेखि लागु हुने

ललितपुर, ७ असार । लामो प्रतीक्षापछि माध्यमिक तहको याक्थुङ (लिम्बू) भाषा अध्ययनका लागि तयार गरिएको ‘याक्थुङ कक्षा ९’ पाठ्यपुस्तक अब आगामी शैक्षिक सत्रदेखि पठनपाठनमा लागू हुने भएको छ। पाठ्यक्रम विकास केन्द्रअन्तर्गत मातृभाषा विषय समितिमा प्रस्तुत...

लिम्बु पत्रकार संघ पान्थर अध्यक्षमा रजनी हाङसरूम्बा

दमक, ७ असार । लिम्बू पत्रकार संघ पान्थरकाे अध्यक्षमा रजनी हाङसरुम्बा निर्वाचित भएका छन्। शनिबार पान्थरकाे फेदेनमा सम्पन्न संघको तेश्रो जिल्ला अधिवेशनले हाङसरुम्बाको अध्यक्षतामा नौ सदस्यीय नयाँ जिल्ला समिति  चयन गरेको हो। उक्त अधिवेशनबाट उपाध्यक्षमा भूपेन योङहाङ, सचिवमा इवारा जेबगु, सहसचिवमा मनेन्द्र केरुङ आहुती र कोषाध्यक्षमा सुष्मा हाङसरुम्बा सर्वसम्मत चयन भएका छन्। यस्तैगरी सदस्यहरूमा इच्छा लिम्बु, तागेरा तावाहाङ, अशाेक लावती र पदम दुःखी सम्बाहाम्फे चयन भएकाे नव निर्वाचित अध्यक्ष हाङसरूम्बाले बताइन् । त्यस्तै प्रदेश महाधिवेशन...

मुक्कुमलुङमा १० हजार विरुवा रोपियो

फुङलिङ, २ असार । ताप्लेजुङस्थित धार्मिक पर्यटकीय स्थल तथा याक्थुङहरुको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङमा १० हजार विरुवा रोपिएको छ । आइतबार मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको आयोजनामा सयौं संख्यामा उपस्थित...

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...