लिम्वुवानका सम्भावित विश्व सम्पदाबारे अन्तरक्रिया, विजयपुर दरवारको स्थलगत अध्ययन

,   लिम्बुवान न्युज
                       

धरान। सुनसरीको धरानमा लिम्बुवानका सम्भावित विश्व सम्पदाहरुको स्थलगत अध्ययन बारे दुई दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । आज धरानको गोर्खा किचनको सेमिनार हलमा तङसिङ मिडिया एण्ड रिसर्च प्रालि धरान र लिम्वुवानी सम्पदा सरोकार समूह (युके) को प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सहजकर्ता सञ्चारविद एवम् सम्पदा संरक्षण राष्ट्रिय अभियानका अभियन्ता विधु कायस्थले गरेका थिए । कार्यक्रमलाई सहजीकरण गर्दै कायस्थाले भने –प्राकृतिक सम्पदाहरू विश्व सम्पदामा समाबेस गरी मानव सभ्यतासंग जोडन मुर्त र अमुर्त गरि दुई प्रकारको सम्पदाहरूसँग जोडिएको हुन्छ । विश्वका ११२१ वटा विश्व सम्पदाहरू मध्ये नेपालमा १० वटा मात्र विश्व सम्पदामा सुचिकृत भएको छ– कायस्थले बताए । उनले थप १५ वटा सम्पदाहरूलाई विश्व सम्पदामा सुचिकृत नगरेको हुनाले त्यसलाई सुचिकृत गराउनको लागि पनि यो अभियान आवश्यक रहेको बताए ।

लिम्वुवानमा पनि निकै विश्व सम्पदाहरू छन तर कुनै पनि सम्पदाहरू विश्व सम्पदामा सुचिकृत नभएको बताए । लिम्वुवानमा रहेको प्राकृतिक सम्पदा र सांस्कृतिक सम्पदाहरूको खोज अनुसन्धान गरेर विश्व सम्पदामा सुचिकृत गराउने अठोटका साथ यो कार्यक्रम गरिएको हो– कायस्थले भने । लिम्वुवानमा रहेको ऐतिहासिक सम्पदाहरू विजयपुर, मुकुम्लुङ, मेन्छायम, सुमाःत्लुङ जस्ता धेरै सम्पदाहरू रहेको छन् । यसलाई विश्व सम्पदामा सुचिकृत गराउन सकेमा पहिचान र अस्तित्व सहितको संघीयता स्थापित गर्न सहयोग मिल्ने बताए ।

देशमा संघीयता त आयो तर पहिचान र अस्तित्व विहिन संघीयता आएको छ भनि प्रष्टाएका थिए । विजयपुर दरवारक्षेत्रमा गई त्यहाँका सभ्यता, पहिचान र भग्नासेषहरूको स्थलगत अध्ययन पनि गरिएको छ ।

कार्यक्रममा बरिष्ठ पत्रकार हर्ष सुब्बा, भवानी बराल, भैरव आङला, अम्विका सम्वाहाम्फे, चुम्लुङका पधाधिकारीहरू र धरानमा रहेको विभिन्न राजनितिक दलहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सभाध्यक्ष योवाहाङ तुम्वाहाम्फेले गरेका थिए भने संचालन सन्तोस कुरूम्बाङले गरेका थिए ।

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;