किशोर सुब्बाको कविता सङग्रह “काश जिन्दगी !” सार्वजनिक

 लिम्बुवान न्युज
                       

काठमाडौं। मदन पुरस्कार विजेता साहित्यकार तथा नेपाल आदिवासी जनजाति साहित्यकार महासंघका संयोजक राजन मुकारुङले नेपाली भाषा खसहरूको भाषा नभएको, सम्पूर्ण नेपालीहरूको सम्पर्क भाषा हो, भनेका छन् ।

बिहिबार अनामनगरस्थीत पाना क्याफेमा निर्देशक किशोर सुब्बाद्वारा लिखित कविता सङ्ग्रह ‘काश जिन्दगी !’ लोकार्पण गर्दै सो कुरा बताएका हुन् । भाषाहरू बन्ने क्रममा परिस्कृत र परिमार्जित हुने बताउँदै खस भाषा जुम्लामा कसरी बोलिने र नेपाली भाषा कसरी बोलिने कुरा स्थलगत जानकारी लिँदा प्रष्ट हुने मुकारुङको भनाई थियो ।

मुकारुङले कुनै सौन्दर्य खोज्नेले किशोर सुब्बाको कवितालाई साहित्य नमान्न सक्ने त कुनै अब्बल सौन्दर्यको प्रतिक मान्न सक्ने सङ्ग्रहको रूपमा औंल्याएका थिए । चलचित्रकर्मी समेत रहेका सुब्बाले साहित्य लेख्दा चलचित्रको सौन्दर्यमा निखार आउने पनि बताएका थिए ।

साहित्यकार, मुन्धुमविद् यासेली योङहाङले किशोर सुब्बाका कवितामा सबै खाले विचारलाई समेट्नुका साथै जिन्दगीका सबै भोगाईलाई सङ्ग्रहित गरेको बताएका थिए । चलचित्रक्षेत्रमा रहँदा पनि साथै रहेको, साहित्यक्षेत्रमा रहँदा पनि साथै रहेकोले दुःखसुखकै साथी÷दाई मान्ने कुरालाई जोड्दै सँधै सक्रिय रहनसक्नु नै सुुब्बाको विशेषता रहेको बताएका थिए ।

सुब्बाबारे देवेन्द्र खापुङ सुर्केली, कुल्वा सुब्बा, लोकेन साँवा, पूर्व प्रमुख जिल्ला अधिकारी तथा इतिहासकार भगिराज इङ्नाम, सिर्जना राई, अर्जुन लिम्बु, सञ्जय राई छुच्चाले चर्चा गरेका थिए । दर्जनौ चलचित्रको लेखन निर्देशन र मेरो गाउँको रामकहानी (नाटक), फावाखोलाको गीत, अर्धसत्य (उपन्यास), पश्चात कविता सङ्ग्रह काश जिन्दगी ! ल्याएका हुन् ।

कार्यक्रममा कलाकार सानुबाबा सुब्बा, निर्देशक सागर सुब्बालगायतको उपस्थिति थियो ।

सम्बन्धित समाचार

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...

चुलाचुली रङ्गमञ्चद्वारा ‘झाेडा’ नाटक कृति विमाेचन र वृत्तचित्र प्रदर्शन

चुलाचुली/ चुलाचुली रङ्गमञ्च इलामको आयोजनामा वृत्तचित्र प्रदर्शन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। चुलाचुली गाउँपालिकाको सभाहलमा आयोजित एक विशेष समारोहका बीच ‘झोडा लाखभूमीको कथा’ नामक नाटक कृति विमोचन गरिएको हो। उक्त कृतिलाई कार्यक्रमका प्रमुख...