चुम्लुङ दमक ५ को अध्यक्षमा पुनः बेघा

 लिम्बुवान न्युज
                       

फागुन । किरात याक्थुङ चुम्लुङ दमक ५ को अध्यक्षमा पुनः भिमराज बेघा चुनिएका छन् । चुम्लुङको आज सम्पन्न छैंठौंै साधारणसभा तथा दोश्रो वडाअधिबेशनले पुनः बेघाको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

सर्वसम्मत गठित समितिको उपाध्यक्षमा मनकुमारी वेघा,सचिवमा समीर केरुङ, सहसचिवमा सरस्वती फोम्बो र कोषाध्यक्षमा टंकप्रसाद माङलाक चुनिएका छन् ।

यस्तै,सदस्यहरुमा गंगाप्रसाद पाहिम,दासमाया लिम्बू,लक्ष्मी चोङवाङ,श्याम मादेन, शान्ता थोप्रा, चन्द्रा आङदेम्बे, मनु सोदेम्बा, लिलाकुमारी लिम्बू, प्रेमकुमारी वनेम, सुलोचना पतङवा बेघा, विवि लिङदेन, देविका हाङस्रोरुम्बा, इन्द्र जवेगु, डम्बर आङदेम्बे र यामबहादुर लाओती चुनिएका छन् ।

चुम्लुङका जिल्ला सदस्य गुमानसिंह सम्बाहाम्फेको प्रमुख आतिथ्यतामा भएको वडा अधिबेशन सम्पन्न भएको थियो । यसअघि दमक १,२, ८ वडा चुम्लुङको अधिबेशन सम्पन्न भईसकेको छ ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...