चुम्लुङ दमक ५ को अध्यक्षमा पुनः बेघा

 लिम्बुवान न्युज
                       

फागुन । किरात याक्थुङ चुम्लुङ दमक ५ को अध्यक्षमा पुनः भिमराज बेघा चुनिएका छन् । चुम्लुङको आज सम्पन्न छैंठौंै साधारणसभा तथा दोश्रो वडाअधिबेशनले पुनः बेघाको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

सर्वसम्मत गठित समितिको उपाध्यक्षमा मनकुमारी वेघा,सचिवमा समीर केरुङ, सहसचिवमा सरस्वती फोम्बो र कोषाध्यक्षमा टंकप्रसाद माङलाक चुनिएका छन् ।

यस्तै,सदस्यहरुमा गंगाप्रसाद पाहिम,दासमाया लिम्बू,लक्ष्मी चोङवाङ,श्याम मादेन, शान्ता थोप्रा, चन्द्रा आङदेम्बे, मनु सोदेम्बा, लिलाकुमारी लिम्बू, प्रेमकुमारी वनेम, सुलोचना पतङवा बेघा, विवि लिङदेन, देविका हाङस्रोरुम्बा, इन्द्र जवेगु, डम्बर आङदेम्बे र यामबहादुर लाओती चुनिएका छन् ।

चुम्लुङका जिल्ला सदस्य गुमानसिंह सम्बाहाम्फेको प्रमुख आतिथ्यतामा भएको वडा अधिबेशन सम्पन्न भएको थियो । यसअघि दमक १,२, ८ वडा चुम्लुङको अधिबेशन सम्पन्न भईसकेको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...