विराटचोकमा खुल्यो न्यू तावा फेमिली रेष्टुरेण्ट

 लिम्बुवान न्युज
                       

मोरङ। सन्दरहरैंचाको विराटचोकमा सुविधासम्पन्न न्यू तावा फेमिली रेष्टुरेण्ट शुरु भएको छ । करिब पच्चीस लाख लगानीमा रेष्टुरेण्ट शुरुभएको संचालक राजु साँबाले बताए ।

शान्त वातावरणमा परिवार सहित खान सकिने उक्त रेष्टुरेण्टमा हप्तामा एकपटक लाइभ सांगीतिक कार्यक्रम हुने बताइएको छ । रेष्टुरेण्टमा साना कार्यक्रमहरु गर्न सकिने पनि संचालक साँबाले बताए । विराटचोक वरिपरिका क्षेत्रहरुमा लाइभ सुविधा सहितको रेष्टुरेण्टहरु त्यति नभएको हुँदा संगीत पारिखीहरुको लागि उपयुक्त हुने संचालक साँबाले दावी गरे ।

ताप्लेजुङ्मा पहिचानको राजनीतिमा शसक्त रुपमा लाग्नु भएका साँबा संघीय लिम्बुवान मञ्च, नेपालका पूर्व जिल्ला उपाध्यक्ष समेत हुने । केही बर्ष काठमाडौंमा व्यवसाय गर्नुहुने साँबाले मोरङ्मा व्यवसायसँगै पहिचान राजनीतिमा साथ दिने बताएका छन् ।

साँबासँगै बेलबारी निवासी कैलाश बस्नेत दुईजनाको संयुक्त लगानीमा रेष्टुरेण्ट संचालनमा ल्याएका हुन् । संघीय लिम्बुवान मञ्च, नेपालका उपाध्यक्ष तथा प्रदेश सदस्य विष्णु तुम्बाहाम्फेले रिवन काटेर उद्घाटन गरिएको उक्त कार्यक्रममा मञ्चका अन्य केन्द्रीय नेताहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...