विराटचोकमा खुल्यो न्यू तावा फेमिली रेष्टुरेण्ट

,   लिम्बुवान न्युज
                       

मोरङ। सन्दरहरैंचाको विराटचोकमा सुविधासम्पन्न न्यू तावा फेमिली रेष्टुरेण्ट शुरु भएको छ । करिब पच्चीस लाख लगानीमा रेष्टुरेण्ट शुरुभएको संचालक राजु साँबाले बताए ।

शान्त वातावरणमा परिवार सहित खान सकिने उक्त रेष्टुरेण्टमा हप्तामा एकपटक लाइभ सांगीतिक कार्यक्रम हुने बताइएको छ । रेष्टुरेण्टमा साना कार्यक्रमहरु गर्न सकिने पनि संचालक साँबाले बताए । विराटचोक वरिपरिका क्षेत्रहरुमा लाइभ सुविधा सहितको रेष्टुरेण्टहरु त्यति नभएको हुँदा संगीत पारिखीहरुको लागि उपयुक्त हुने संचालक साँबाले दावी गरे ।

ताप्लेजुङ्मा पहिचानको राजनीतिमा शसक्त रुपमा लाग्नु भएका साँबा संघीय लिम्बुवान मञ्च, नेपालका पूर्व जिल्ला उपाध्यक्ष समेत हुने । केही बर्ष काठमाडौंमा व्यवसाय गर्नुहुने साँबाले मोरङ्मा व्यवसायसँगै पहिचान राजनीतिमा साथ दिने बताएका छन् ।

साँबासँगै बेलबारी निवासी कैलाश बस्नेत दुईजनाको संयुक्त लगानीमा रेष्टुरेण्ट संचालनमा ल्याएका हुन् । संघीय लिम्बुवान मञ्च, नेपालका उपाध्यक्ष तथा प्रदेश सदस्य विष्णु तुम्बाहाम्फेले रिवन काटेर उद्घाटन गरिएको उक्त कार्यक्रममा मञ्चका अन्य केन्द्रीय नेताहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;