चुलाचुलीमा लिम्बुवान मञ्चको टोल कमिटी गठन

 लिम्बुवान न्युज
                       

चुलाचुली। संघीय लिम्बुवान मञ्च, नेपाल चुलाचुली गाउँपालिका समितिको घरदैलो कार्यक्रम निरन्तर जारी रहेको छ । आज साँझ चुलाचुली २ को फाईवेली टोलमा भएको भेलाले नबिना लिम्बु (सोदेम्बा)को अध्यक्षतामा मञ्चको टोल समिति गठन भएको छ ।

गाउँपालिका अध्यक्ष विपिन योङयाले दिएको जानकारी अनुसार समितिको उपाध्यक्षमा टिका लिम्बु, सचिवमा इन्द्र लिम्बु, अर्थसचिवमा सानिम लिम्बु रहेका छन् । त्यसैगरी समितिको सदस्यहरुमा कमला इङनाम, नरमाया लिम्बु, मनु लिम्बु, तुलाराम लिम्बु, अम्बर लिम्बु, सबिन कुमार चेम्जोङ, नक राई, सुनिल लिम्बु, निशेष लिम्बु, एनोश श्रेष्ठ, काली बहादुर लिम्बु, विशाल लिम्बु, मदन लिम्बु, निर्मला थापा, मिङ्सो लिम्बु, शंकर लिम्बु, खड्क लिम्बु, कुमारी राई, सम्झना लिम्बु, विष्णु लिम्बु, निशान लिम्बु, सोलु राई, मनमाया लिम्बु र चेतन चापागाई रहनुभएको छ ।

उक्त टोल समिति गठन भेलामा मञ्चका जिल्ला सदस्यहरु सञ्जय इङनाम, नरेन्द्र लेक्वा र गाउँपालिका सदस्य जीवन लावतीको समेत उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;