किरातीहरुको सांस्कृतिक बिम्ब खुवालुङमा सरकारको नजर, नागरिक अभियन्ताहरुले गरे प्रदर्शन

 लिम्बुवान न्युज
                       

सुनसरी। किरातीहरुको आस्थाको धरोहर सांस्कृतिक बिम्व खुवालुङ्मा सरकारको नजर परेसँगै नागरिक अभियन्ताहरुले बिरोध प्रदर्शन शुरुगरेको छ । आज तमोर, अरुण र दूधकोशीको संगमस्थल खुवालुङ् पुगेरा सांस्कृतिक अभियन्ताहरुले सरकारको निर्णयको बिरोध गर्दै प्रदर्शन गरेका हुन् ।

किरात किरात समुदायको साँस्कृतिक स्थल खुवालुङ अतिक्रमण गर्ने सरकारको निर्णयले सिंगो किरात समुदायमाथि प्रहार भएको अभियन्ताहरुको ठहर छ ।

सप्तकोशीमा जहाज चलाउने नाममा किरात समुदायको साँस्कृतिक पहिचान खवालुङ ढुंगा फुटाउने सरकारी कदमको विरोधमा प्रदर्शन गरिएको हो । बृहत् नागरिक आन्दोलन, आदिवासी जनजाति साहित्यकार महासंघ तथा सम्पदा संरक्षणकर्मी खुवालुङ ढुङ्गा रहेको स्थानमा पुगेर विरोध गरेका हुन् ।

किरात सभ्यता र मुन्धुमी मिथकमा जोडिएको सो ढुङ्गा उदयपुर, धनकुटा र भोजपुर तिनवटा जिल्लाको सीमानामा पर्छ । सुनसरीको वराह क्षेत्र नजिकै अवस्थित खुवालुङ क्षेत्रमा किरात समुदायले आफ्नो परम्परागत पूजा तथा अनुष्ठान गर्दै आएका छन् ।

गत फागुन ८ गते विराटनगरमा प्रधानमन्त्री ओलीले सो ढुंङ्गा फूटाएर भएपनि कोशीमा पानी जहाज चलाउने उद्घोष गरेपछि किरात समुदाय आन्दोलित बनेका हुन् ।

सोमबारको विरोध प्रदर्शनमा बोल्दै मदनपुरस्कार विजेता साहित्यकार एवं आदिवासी जनजाति साहित्यकार महासंघका संयोजक राजन मुकारुङले विकासको नाममा संस्कृतिमाथि धावा बोल्ने शासकहरुको विरुद्ध अब जनता उभिने बताए । उनले भने, ‘किरातीहरूको सांस्कृतिक बिम्बका रुपमा रहेको खुवालुङलाई राज्यले ढुंगाको रुपमा मात्रै नदेखोस् ।’

यसरीनै बृहत् नागरिक आन्दोलनका अभियन्ता बच्चु हिमांशुले राज्यले आदिवासी, जनजातिहरूको संस्कृतिमाथि बारम्बार प्रहार गरिएको भन्दै आक्रोश पोखे । उनले भने, ‘कतै रंगशालाको नाममा, कतै पानीजहाज त कतै मठमन्दिर, त कतै औद्योगिक पार्कको नाममा आदिवासीमाथि दमन गरिएको छ ।’

यस्तै खुवालुङ बचाउ समितिकी सचिव दिला राईले स्थानीय जनताको आस्था र भावना मिचेर सरकारले खुवालुङ ढुंगा फुटाउन लागेको बताइन् । उनका अनुसार बहुसंख्यक स्थानीय ढुंगा फुटाउन नमिल्ने पक्षमा छन् ।

विरोध कार्यक्रममा पूर्वी नेपालका विभिन्न स्थानबाट लेखक, कलाकार, विद्यार्थी अभियन्ता तथा संस्कृतिकर्मीको उपस्थिति थियो ।

स्थानीय इन्द्रहाङ खम्बुका अनुसार खुवालुङको शाब्दिक अर्थ “पानीमा रहेको ढुंगो” भन्ने बुझिन्छ । किरातका पूर्खाहरू यही ढुंगालाई केन्द्र मानेर अरुण, तमोर, दुधकोशी, सुनकोशी क्षेत्रतिर प्रवेश गरेको इतिहास रहेको खम्बुले बताए ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...