प्रेस संगठन झापाको अध्यक्षमा सुव्रत न्यौपाने

 लिम्बुवान न्युज
                       

विर्तामोड। प्रेस संगठन नेपाल झापा जिल्ला कमिटी विस्तार गरिएको छ । आज बिर्तामोडमा सम्पन्न जिल्लास्तरिय भेलाले सुव्रत न्यौपानेको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी विस्तार गरिएको हो ।

भेलाले जिल्ला अध्यक्ष न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय सचियालय समेत गठन गरेको छ । सचिवालय सदस्यहरुमा झुलन रेग्मी, अनिलदेव राई, उद्धव पुरी, सन्तोष शर्मा, पुष्पलाल खड्का, नन्दलाल खतिवडा, तिलक योञ्जन र किशोर उपरकोटी रहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा झापा इन्चार्ज रविन कोइरालाको प्रमुख आतिथ्यतामा भएको भेलामा नेकपा प्रदेश सदस्य तथा प्रदेश सांसद झलकसिंह दलार्मी, नेकपा झापा अध्यक्ष वेदराज रेग्मी, नेपाल पत्रकार महासंघ १ नं प्रदेश महासचिव विवेक गौतम, अग्रज पत्रकार लीला बराल,संङ्गठनका १ नं प्रदेश इन्चार्ज राजन केडी, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाई, जिल्ला सहकारी संघ झापाका सचिव भवानीप्रसाद दंगाल, संङ्गठनका प्रदेश १ सदस्य राजु अधिकारी, आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज ) १ नं प्रदेश इन्चार्ज दिपिन राई, प्रेस युनियन झापा अध्यक्ष इन्दु पुर्वेलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

झापाको जिल्ला कमिटी घोषणा संगठनका प्रदेश १ का सह–इन्चार्ज तिर्थ सिग्देलले गरेको थिए भने सपथ ग्रहण संगठनका १ नं प्रदेश संयोजक देवेन्द्र कार्कीले गराएका थिए ।

संगठन झापा सह–संयोजक झुलन रेग्मीले स्वागत गरेको कार्यक्रमलाई सञ्चालन सचिव उद्धव पुरीले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, नेकपा झापा सचिव मणिकुमार साम्पाङ, संगठनका १ नं प्रदेश सह–संयोजक मुक्ति पौडेल, संगठनका १ नं प्रदेश सचिव सुजन तिम्सिना, नेकपा प्रदेश १ सदस्य ज्योतीसिंह दलार्मी, सङ्गठनका केन्द्रिय सदस्य विमल लामिछाने, दयाराम दाहाल लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;