याक्थुङ मुन्धुम तथा धर्म, संस्कार, संस्कृति सम्वन्धि एक दिने अन्तरक्रिया

 लिम्बुवान न्युज
                       

विजयपुर धरान। धरान १९ को किरातेश्वर माविको सभाहलमा साम्जिक मुन्धुम चुम्भो धरानले याक्थुङ् मुन्धुम तथा धर्म, संस्कार, संस्कृति सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

यस कार्यक्रमको उद्घाटन धरान उपमहानगरका प्रमुख तिलक राईले गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर राईले विभिन्न भाषिक, पहिचान र मुन्धुम, संस्कृति सम्वन्धि विकाश गर्नु पर्नेमा जोड दिएका छन् । लिम्बू समुदायमा मुन्धुम र संस्कार संस्कृतिलाई रक्षाको लागि नगर र वडाको कोषहरूबाट बजेट विनियोजन गर्ने पनि प्रतिबध्दता जनाएका छन् । भाषा, लिपि धर्म नै याक्थुङ समुदायहरूको सभ्यता भएको हुँदो यसलाई आ–आफ्नो क्षेत्र बाट लागि पर्नु पर्ने मेयर राईले बताए ।

अन्तरक्रिया कार्यक्रममा किरात याक्थुम चुम्लुङको केन्द्रीय सल्लाहकार तथा प्रध्यापक डा. यगेन्द्र पालुङ्वा सहजीकरण गरेका थिए । सोही क्रममा पालुङ्वाले लिम्वुहरूको मुख्य पहिचान र अस्तित्व नै मुन्धुम हो भनेका छन् । उनले लिम्वुहरूले मुन्धुमलाई राम्रो व्यवस्थित गरेर लानु पर्नेमा जोड दिए । साथै अब आउने जनगणनामा किरात धर्म लेखाउन पनि सुझाव दिएका छन् ।

यस कार्यक्रमलाई साम्जिक मुन्धुम चुम्भोको अध्यक्ष मान वीर लङ्वा लिम्वुले सभाध्यक्षता गरेका थिए । त्यसैगरी स्वागत मन्तव्यमा देउमान ताम्मादेनले गरेका छन् भने कार्यक्रमको संचालन साम्जिक मुन्धुम चुम्भोको महासचिव हितराम तिलिङले गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा महासभाका अभियान्ता देव इजमले लामो कार्यपत्र प्रस्तुत गरि मुन्धुम र लिम्बू जातिको मौलिक धर्म बारेमा विस्तृत रूपमा बहस, छलफल र अन्तरक्रिया गरेका थिए । अब आउने जनगणनामा युमा धर्म लेखौ भन्ने पनि सुझाव दिएको छ ।

त्यसैगरी किरात धर्म बारे लिलिस पोमुले आफ्नो लामो कार्यपत्र प्रस्तुत गर्नु भएको छ । उहाँले लिम्वुहरूको मुन्धुम र धर्म सम्वन्धि निकै लामो कार्यपत्रमा पेस गरेका थिए । उक्त कार्य पत्र अनुसार निकै लामो समय सम्म बहस र छलफल भएको थियो । अवको जनगणनामा किरात धर्म लेख्नु पर्छ भन्ने सुझाव दिएका छन् । त्यसैले दुवै जनाको कार्य पत्रमा बहस भई सकारात्मक दिशा तिर उन्मुख हुन सबैमा कार्यक्रम आयोजकले अपिल गरेका थिए ।

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...