अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिला सम्मानित

 लिम्बुवान न्युज
                       

दमक। दमक जेसीजले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा एक महिला सम्मानित भएकी छन् । बिगत ५ बर्ष देखि झापाको गौरीगञ्ज गाउँपालिकाको स्वास्थ्य शाखामा ल्याव टेक्निसियनको रुपमा कार्य गर्दै आउनु भएकी सुमित्रा गुरुङ्लाई अाज सम्मान गरेको हो ।

कोरोना भाइरसले विश्वव्यापी रुपमा आक्रन्त पारेको समयमा झापा जिल्ला भरीकै एकमात्र नमूना पिसिआर संकलकको रुपमा अग्रपंक्तिमा रहेर सेवा पु¥याउनु भएकी गुरुङलाई १ सय एघारौं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका उपमेयर गीता अधिकारीको हस्तवाहुलीबाट सम्मानपत्रद्वारा सम्मान गरिएको दमक जेसीजका महासचिव निरोज आचर्यले बताए ।

कार्यक्रम दमक ८ स्थित दमक जेसीज भवनको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा दमक जेसीजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;