होटल व्यवसायी महासंघ प्रदेश १ को अध्यक्षमा राजन दंगाल

 लिम्बुवान न्युज
                       

 

दमक/होटल व्यवसायी महासंघ प्रदेश १ को प्रदेशस्तरीय अधिवेशन सम्पन्न भएको छ । झापाको विर्तामोडमा आज (सोमबार) सम्पन्न प्रदेशस्तरीय अधिवेशनले दमकका होटल व्यवसायी राजन दंगालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

दंगाल करिब डेढ दशकदेखि दमकमा होटल व्यवसाय सञ्चालन गर्दै आएका स्थापित व्यवसायी नेता हुन । दंगालको अध्यक्षतामा सर्वसम्मत चयन भएको महासंघको प्रदेश समितिको वरिष्ठ उपाध्यक्षमा महेन्द्र ढुङ्गाना, उपाध्यक्षमा देवी प्रसाद पौडेल, जे पी राई, गोविन्द थापा महासचिवमा बासु बराल, सचिवमा शिव अधिकारी, सहसचिव दिल कुमारी श्रेष्ठ, कोषाध्यक्षमा इन्दिरा श्रेष्ठ र सह–कोषाध्यक्षमा राजन प्रधान चुनिएका छन ।

त्यसैगरी सदस्यहरुमा प्रेम सापकोटा, लाल बहादुर श्रेष्ठ, पुनम थापा मगर, पदमलाल लम्साल, बिमल भण्डारी, दिनेश खनाल, पोक्षरन्त पोखरेल निर्विरोध निर्वाचित भएका जनाइएको छ । महासंघका प्रदेश अध्यक्ष मनिन्द्र कटुवालको अध्यक्षता र विर्तामोड नगरपालिकाका प्रमुख ध्रुव शिवाकोटीको प्रमुख आतिथ्यमा साइ पाटी प्यालेस विर्तामोडमा सो अधिवेशन सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;