होटल व्यवसायी महासंघ प्रदेश १ को अध्यक्षमा राजन दंगाल

 लिम्बुवान न्युज
                       

 

दमक/होटल व्यवसायी महासंघ प्रदेश १ को प्रदेशस्तरीय अधिवेशन सम्पन्न भएको छ । झापाको विर्तामोडमा आज (सोमबार) सम्पन्न प्रदेशस्तरीय अधिवेशनले दमकका होटल व्यवसायी राजन दंगालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

दंगाल करिब डेढ दशकदेखि दमकमा होटल व्यवसाय सञ्चालन गर्दै आएका स्थापित व्यवसायी नेता हुन । दंगालको अध्यक्षतामा सर्वसम्मत चयन भएको महासंघको प्रदेश समितिको वरिष्ठ उपाध्यक्षमा महेन्द्र ढुङ्गाना, उपाध्यक्षमा देवी प्रसाद पौडेल, जे पी राई, गोविन्द थापा महासचिवमा बासु बराल, सचिवमा शिव अधिकारी, सहसचिव दिल कुमारी श्रेष्ठ, कोषाध्यक्षमा इन्दिरा श्रेष्ठ र सह–कोषाध्यक्षमा राजन प्रधान चुनिएका छन ।

त्यसैगरी सदस्यहरुमा प्रेम सापकोटा, लाल बहादुर श्रेष्ठ, पुनम थापा मगर, पदमलाल लम्साल, बिमल भण्डारी, दिनेश खनाल, पोक्षरन्त पोखरेल निर्विरोध निर्वाचित भएका जनाइएको छ । महासंघका प्रदेश अध्यक्ष मनिन्द्र कटुवालको अध्यक्षता र विर्तामोड नगरपालिकाका प्रमुख ध्रुव शिवाकोटीको प्रमुख आतिथ्यमा साइ पाटी प्यालेस विर्तामोडमा सो अधिवेशन सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...