प्रदेश २ सरकारको नारी दिवसमा बाढ्यो १ हजार पाँचसय साइकल

 लिम्बुवान न्युज
                       

धनुषा। प्रदेश २ सरकारले ‘बेटी पढाउ बेटी बचाउ कार्यक्रम’ अन्तर्गत १११औं अन्तर्राष्ट्रिय नारी दिवसमा कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गरेको छ । सोमबार प्रदेश २ सरकारले एक समारोहका बिच धनुषा जिल्लाको २७ विद्यालयका एक हजार पाँच सय २० जना छात्रालाई साइकल वितरण गरेको हो ।

साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महिला सशक्त भए मात्र प्रदेशको विकास सम्भव हुने बताएका छन् । प्रदेश २ को सबै सामुदायिक विद्यालयका कक्षा ८ मा अध्यायनरत छात्राहरुलाई साइकल वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिने समेत मुख्यमन्त्रीले जानकारी दिएका छन् ।

‘साइकलले महिला सशक्त हुँदैन । तर, समाजिक रुपान्तरणको लागि सहयोगी हुन्छ ।’ मुख्यमन्त्रीले सम्बोधन गर्दै भने । साइकल वितरणले छात्राहरुलाई समाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने चेतना अभिवृद्धि गर्ने जिकिर गर्दै मुख्यमन्त्रीले भने–‘यो काम प्रदेशमा रूपान्तरणको पहिलो खुड्किला हो ।’

गएको आर्थिक वर्ष ०७५/०७६ मा दुई सय ६१ विद्यालयका १४ हजार छात्राहरुलाई अभियान अन्तर्गत साइकल वितरण गरिएको थियो । यस आर्थिक वर्षमा २० हजार छात्रा यो कार्यक्रमबाट लाभान्वित हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

अर्को एक प्रसङ्गमा महिला हिंसा, दाइजो प्रथा, बालविवाह जस्ता कुरीति कुसंस्कार विरुद्धको कानूनलाई सशक्त रूपमा पालना गरेर अघि बढनुपर्ने भन्दै राउतले एसिड आक्रमण गर्ने, बलात्कारको घटनाका दोषी विरुद्ध कठोर कानूनको खाँचो रहेको औंल्याए । कार्यक्रममा एसिड पीडित धनुषाकी आरती साहलाई सम्मान समेत गरिएको थियो ।

प्रदेश २ संसद्की उपसभामुख उपमा देवको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहा, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव, जसपा नेपाल संसदीय दलका प्रमुख सचेतक परमेश्वर साह, प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी, सरस्वती चौधरी, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा लगायतले शुभकामना दिएका थिए ।

सम्बन्धित समाचार

मेची राजमार्ग ठप्पः भोलीदेखि ताप्लेजुङ् बजार अनिश्चितकालीन बन्द

दमक, १२ मंसिर । प्रदेशको नाम कोशी खरेजी र ताप्लेजुङका पक्राउ परेका दुई कार्यकर्ता निसर्त रिहाइको माग राख्दै प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले आयोजना गरेको बन्दको कारण मेची राजमार्ग ठप्प रहेको छ...

माङसेबुङ इक्ला सिजन २ का लागि ८ उत्कृष्ट प्रतियाेगी छानिए

दमक, १२ मंसिर । माङसेबुङ इक्ला सिजन २ गायन प्रतियोगितामा उत्कृष्ट ८ मा पर्न सफल प्रतियोगीहरुको नामावली सार्वजनिक गरिएको छ । चार चरणको अनलाइन अडिसन पार गरेर सेमिफाइनल (उत्कृष्ट ८) मा पुग्न सफल प्रतियोगीहरुकोे नाम सार्वजनिक...

जसपा लिम्बुवान राष्ट्रिय समिति अध्यक्षमा जेन्टल लावती सर्वसम्मत चुनिए

पाँचथर, मंसिर १२ । जनता समाजवादी पार्टी नेपाल, लिम्बुवान राष्ट्रिय समिति पुर्नगठन भएको छ । शनिबार पान्थरको फिदिमस्थित आयोजित एक कार्यक्रमले जेन्टल लावतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । नवगठित समितिको उपाध्यक्षहरुमा एविराज आङदेम्बे,...

कोचिला अध्यक्षमा त्रिनारायण राजवंशी : तेह्रथुम अध्यक्षमा दिलबहादुर सोदेम्बा

दमक, १२ मंसिर । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) कोचिला राष्ट्रिय समितिको प्रथम भेला सम्पन्न भएको छ । शनिबार मोरङ्को रंगेलीस्थित होटल मेरिनाको सभाहलमा भएको प्रथम भेलाले त्रिनायारण राजवंशीको अध्यक्षतामा समिति गठन गरेको हो । पार्टीका...