दमक सातौं फूडफेस्टिवलमा आजको आकर्षण– मेलिना राई

 लिम्बुवान न्युज
                       

दमक। सातौं दमक फूडफेस्टिवलको तेस्रो दिन आज राष्ट्रिय कलाकार मेलिना राईले स्टेज तताउने भएकि छन् । फेस्टिवलका प्रचारप्रसार संयोजक काजी राउतले आजको प्रस्तुती बारे जानकारी दिएका छन् ।

आइतबारदेखि एक हप्तासम्म संचालन हुने फूडफेस्टिवल करिब ४५ हजारले अवलोकन गर्ने आयोजकले जनाएको छ । करिब ५० लाखको हाराहारीमा आर्थिक कारोबार गर्ने लक्ष्य रहेको होटल व्यवसायी महासंघ प्रदेश १ का अध्यक्ष राजन दंगालले बताए ।

हरेक साँझ राष्ट्रिय कलाकारहरुले मनोरञ्जन दिने फेस्टिवलमा विभिन्न जातीय परम्पराका खानेकुराहरु समेत राखिएको छ । करिब ४८ वटा विभिन्न स्टलहरु राखिएको फेस्टिवलले कोभिड–१९ ले थलिएको होटल व्यवसाय र पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न मद्दत पुग्ने विश्वास रहेको अध्यक्ष दंगालको भनाई छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;