संसदमा माओवादी केन्द्र अलग सिटमा सत्ता पक्षकै लहरमा बस्ने

 लिम्बुवान न्युज
                       

काठमाडौं। नेकपा दल खारेज गरेपछि संसदमा नेकपा माओवादी केन्द्र बुधबारदेखि अलग सिटमा बस्ने भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र निर्वाचन आयोगबाट संसद सचिवालयमा पुगेपछि यो तयारी गरिएको हो । २०७५ जेठ पहिलो सातादेखि एमालेसँगै मिसिएर बसेको नेकपा बुधबारदेखि अलग सिटमा बस्ने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताएका छन् ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण अहिले दुवै पार्टीका सांसद सत्तापक्षकै लहरमा बस्ने प्रवक्ता पाण्डले बताए ।

निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग भएको निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;