एसईईको परीक्षा जेठ १३ देखि हुने

 लिम्बुवान न्युज
                       

काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने परीक्षा बाेर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जनाएका छन् ।

मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो । सोही अनुरुप ‘विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा (कक्षा १०) को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी नतिजा प्रकाशित गरिएको थियो ।

मुलुक संघीयतामा गएपछि एसईई परीक्षाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले पाएको थियो । यद्यपि कानूनी व्यवधानका कारण एसईइ परीक्षा राष्ट्रिय स्तरबाटै संचालन हुँदै आएको छ ।

संविधानले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय सरकारलाई दिएको छ भने शिक्षा नीतिमा पनि कक्षा १० को परीक्षा प्रदेश मातहत राखिएको छ ।

सम्बन्धित समाचार

शहीद मनिल तामाङको १४औं स्मृति दिवस मनाइयो

दमक, ७ चैत्र । राष्ट्रिय शहीद मनिल तामाङ्को १४औं स्मृति दिवसमा श्रद्धाञ्जली कार्यक्रम गरि विविध स्थानमा मनाइएको छ । २०६५ चैत्र ६ गते प्रहरीको गोली लागि धुलाबारीस्थित क्याम्पसमा शहादत्ता प्राप्त गरेका शहीद तामाङ्को स्मरण गर्दै...

पहिचानवादीहरुको विराटनगरमा वृहत जनप्रदर्शन

विराटनगर, ५ चैत्र । कोशी प्रदेश नामकरण खारेजीको माग राख्दै पहिचानवादी दल, संघसंगठानहरु आन्दोलनमा उत्रिएका छन् । पहिचान मेटाएर प्रदेशको नाम राखेको भन्दै असन्तुष्ट बनेका पहिचानवादी दल र संघसंगठनहरु आन्दोलनमा उत्रिएका हुन् । अघिल्लो प्रदेशसभामा...

लिम्बु कथानक चलचित्र ‘सुगुत्’को छायांकन सम्पन्न

काठमाडौ, ३ चैत्र । लिम्बु कथानक चलचित्र ‘सुगुत्’ को छायांकन सम्पन्न भएको छ । पान्थर, ताप्लेजुङका साथै भारतको आसाम लगायत विभिन्न ठाउँमा छायांकन गरि गत फागुन मसान्तमा सकिएको हो । चोक्फुङ इन्टरटेन्मेन्ट प्रा.लि. र खापुङ्...