रेशम चौधरी लगायत टिकापुर राजबन्दी रिहाईको लागि बन्याे सरकार र जसपाको वार्ता टोली बन्यो

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। सांसद रेशम चौधरीसहित टीकापुर राजबन्दी रिहाइका लागि सरकारले वार्ता समिति गठन गरेको छ । यसैगरी जसपाले पनि वार्ता समिति बनाएको छ । समितिमा लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ सुक्ल रहेको जनाएको छ ।

सरकारका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ र प्रधानमन्त्रीका सल्लाहकार डा. राजन भट्टराई छन् ।

वार्ताका लागि सरकारी वार्ता टोलीले बोलाउनु भएपछि रेशम चौधरी लगायतका बन्दीहरुको रिहाईको सन्दर्भमा छलफल भएको जसपाका वार्ता समिति सदस्य कर्णले बताए । छलफल सकरात्मक बनेको छ – उनले भने ।

सत्तारुढ दल दुई टुक्रा भएपछि सरकार चलाउन र टिकाउन प्रधानमन्त्री ओलीले नयाँ ढंगबाट जसपालाई आकर्षण गर्न र सत्तासमिकरणको लागि वार्तामा बोलाइएको हुन सक्ने आकलन गरिएको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;