राप्रपा प्रदेश १ को अध्यक्षमा राम थापा

 लिम्बुवान न्युज
                       

दमक। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदेश १ को अध्यक्षमा दमकका राम थापा चयन भएका छन् । राप्रपाको अन्तरिम विधान अनुसार केन्द्रिय समितिले थापालाई प्रदेश १ अध्यक्षमा चयन गरेको हो ।

कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको तीन वटा पार्टी एकिकरण पछि बनेको राप्रपाले प्रदेश स्तरमा अध्यक्ष र उपाध्यक्ष चयन गरेको हो । सोहि अनुसार एकिकृत पार्टीको प्रदेश अध्यक्षमा दमकका राजनैतिक व्यक्ति थापा चयन भएका हुन् । त्यसैगरी पार्टीको प्रदेश उपाध्यक्षमा पाँचथरका सगुन सुन्दर लावती चुनिएका छन् । लावती पूर्व गृहमन्त्री पद्यमसुन्दर लावतीका कान्छा छोरा हुन् ।

एकिकृत पार्टीको प्रदेश अध्यक्षमा चयन भएपछि अब केहि दिन भित्रमै अध्यक्ष र उपाध्यक्ष बसि अन्य नेताहरुको समेत सल्लाहमा प्रदेश समितिलाई पुर्णता दिईने अध्यक्ष थापाले बताउनु भयो । पार्टी एकीकरण पछि कार्यकर्तामा उत्साह आएको भन्दै उहाँले अब राप्रपालाई बैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने गरी प्रदेशमा संगठन निर्माण गरिने बताउनु भयो । कांग्रेस कम्युनिष्टहरुले मुलुक बिकास र स्थायीत्व दिन सक्दैनन भन्ने प्रमाणित भएकोले पनि आफुहरुको आवश्यकता पुष्टि भएको उहाँले बताउनु भयो ।

सम्बन्धित समाचार

जारी-२ काे छायाँकन पान्थरमा शुरू

झापा, दमक, ३० वैशाख ।  बहुप्रतीक्षित फिल्म ‘जारी : सङ् अफ च्याब्रुङ’को छायांकन पान्थरबाट सुरु भएको छ । बुद्ध जयन्ती चण्डीपूर्णिमा (उभाेली)को अवसर पारेर मंगलबारदेखि छायांकन सुरु भएको हाे । चलचित्रकाे छायांकन शुरू भएकाे चलचित्रका...

किरातीहरुले उभौली पर्व हर्षाेल्लासका साथ मनाए

ललितपुर, २९ वैशाख । किरात राई समुदायले आज सांस्कृतिक पर्व उभौली मनाएका छन् । अन्न उब्जनी हुने प्रकृति भूमिको पूजाआजा गरी किरात समुदायले उभौली पर्व मनाएका हुन् । पूर्व प्रदेश १ को सबै जिल्लामा बसोबास...

२५६९औं बुद्ध जयन्ती विविध कार्यक्रम गरि मनाइदै

काठमाडाैं, २९ वैशाख । आज सोमबार २५६९औं बुद्ध जयन्ती मनाइँदै छ। शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको जन्मजयन्तीको अवसरमा बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध...

इन्द्र लुम्फुङ्वाको संयोजकत्वमा संयुक्त पहिचानवादी मोर्चा मलेसिया प्रवास समिती गठन

मे ११,२०२५, क्वालालम्पुर, मलेशिया । मलेशियामा संयुक्त पहिचानवादी मोर्चा प्रवास समिति गठन भएको छ । मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लावतीको प्रमुख उपस्थितिमा क्वालालम्पुरस्थित इन्द्र लुम्फुङवाज्युको संयोजकत्वमा ३७ सदस्यीय मोर्चा प्रवास समिती मलेसिया गठन गरिएको हो...