खुवालुङ् अभियन्तालाई छोड्न प्रशासनलाई २४ घण्टे अल्टिमेट

,   लिम्बुवान न्युज
                       

लिम्बुवान। प्रहरी हिरासतमा राखिएका खुवालुङ क्षेत्र संरक्षण समितिका सदस्य दिनेश काम्दुङ राई र साजन राईलाई बिना शर्त छाड्न माग गरेको छ ।

खुवालुङ क्षेत्र संरक्षण समितिले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र हिरातमा लिइएका द्वय अभियन्ताहरुलाई रिहाई गर्न प्रहरी प्रशासनलाई अल्टिमेटम दिएको हो ।

खुवालुङ बचाउ अभियानका अभियन्ताहरुलाई स्टीमर बोटबाट खुवालुङ (त्रिवेणी घाट) लैजाने विषयमा सप्तकोशीका बोट सञ्चालकहरुसँग भएको सामान्य विवादलाई तोडमोड बनाई बिहीबार उनीहरु दुवै जनालाई महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयमा छलफलको लागि भन्दै डाकेर प्रहरीले हिरासतमा लिएको थियो ।

संरक्षण समितिका सचिव दिला राईबाट जारी बिज्ञप्तिमा –‘उक्त विषयलाई सहज समाधान गर्नको सट्टा विषय अन्तर गरी सुनुयोजित एवम् षड्यन्त्रमूलक ढङ्गबाट अभियान्ताकर्मीहरुलाई राज्य प्रशासनले विभेद्पूर्ण ढङ्गबाट पक्राउ गरिएकोमा यस घटनाले हामी सम्पूर्ण सरोकारवालाका लागि कुनै पनि हिसाबले स्वीकार्य छैन ।’ भनिएको छ

प्रहरीले राईद्वयमाथि मुद्दा चलाउने षडयन्त्र गरेको भन्दै विज्ञप्तिमा तत्काल हिरासतमुक्त नगरे खुवालुङ संरक्षणमा क्रियाशील संघसंस्थाहरुले निर्णायक आन्दोलन थाल्ने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ ।
बिहीबार प्रहरीले उनीहरुलाई हिरासतमा लिएको घटनाको विरोध गर्दै आदिवासी जनजाति साहित्यकार महासंघ, नेपालका संयोजक राजन मुकारुङले फेसबुकबाट विरोध गरेका थिए । लगत्तै राईद्वयलाई गिरफतार गरिएको घटनाको सामाजिक सञ्जालमा व्यपक विरोध सुरु भएको छ ।

खुवालुङ दूधकोशी, अरुण र तमोर नदीको त्रिवेणीमा रहेको ढुङ्गा हो । जुन डुङ्गालाई किरात समुदायको मुन्धुमी मिथ, शक्ति र आस्थाको प्रतीक मानिन्छ भने किरातीहरु त्यहाँबाट छुट्टिएको इतिहास पनि छ ।

गत फागुन ८ गते बिराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षको कार्यक्रमलाई सम्बोधन गर्दै स्टिमर बोट सञ्चालनमा बाधा पुर्याएको भन्दै खुवालुङलाई क्रेन लगाएर फुटाउने अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्रीको सो अभिव्यक्ति किराती समुदायको आस्थामाथिको प्रहार भएको ठहर गर्दै खुवालुङ संरक्षणको लागि विभिन्न संघसंस्थाहरुले अभियान सञ्चालन गरिरहेका छन् । यस अभिव्यक्तिलाई प्रदेशका मुख्यमन्त्री शेरधन राईले भने वचाउ गरेका थिए ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;