पुष्प–धीरेन्द्रको निःशुल्क सिपमुलक तालिम

 लिम्बुवान न्युज
                       

दमक। झापाको दमकमा पुष्प–धीरेन्द्र स्मृति प्रतिष्ठानले निःशुल्क सीपमूल्क तालिम शुरु गरेको छ । विहीबारदेखि मोवाइल टेक्नीशियन र जुनियर प्लम्बिङ्गको तालिम प्रतिष्ठानले शुरु गरेको हो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)द्वारा सम्बद्र्धन प्राप्त यस प्रतिष्ठानले यसै बर्ष देखि डिप्लोमा इन सिभिल इन्जिनियरिङमा ४८ जना र डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङमा ४८ जना विद्यार्थी पढाईरहेको अध्यक्ष तिर्थ बस्नेतले जनाएका छन् ।

२०/२० जनालाई ३ महिनामासम्म प्रशिक्षण दिईने उक्त कार्यक्रम सिटिइभीटीले संचालन गरेको हो भने व्यवस्थापन प्रतिष्ठानको रहेको प्रतिष्ठानले जनाएको छ ।

गैरनाफामूलक संस्थाको रुपमा स्थापना गरिएको प्रतिष्ठानले निम्न आयस्तर भएकाहरुलाई प्रोत्साहन गर्न यस्तो खालको तालिमहरु संचालनमा ल्याउने अध्यक्ष बस्नेत बताउँछन् ।

दमक १ निवासी २६ बर्षीइ पुष्पराज बस्नेत र २० बर्षीय धिरेन्द्र बस्नेत वि.सं. २०६० सालमा तत्कालीन शाही नेपाली सेनाद्वारा बेपत्ता पारिएका थिए । उनीहरु दुवैजना अध्यक्ष बस्नेतका सहोदर माइला र कान्छा भाइहरु हुन् ।

 

सम्बन्धित समाचार

अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको लिए शपथ

ललितपुर, ११ चैत्र । नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । केसी...

सहिद लाजेहाङको स्मृति सभामा पहिचानवादीहरूले प्रदेश १ काे ‘काेशी’ नाम खारेज गरि पहिचानका आधारमा राख्नुपर्ने माग

माेरङ, १० चैत । ‘काेशी’ नाम खारेजी आन्दोलनका सहिद पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’ लाई पहिचानवादीहरूले स्मरण गरेका छन् । लाजेहाङकाे तेस्रो स्मृति दिवसको अवसरमा उनको सम्झना गरिएको हाे । मङ्गलबार बेलबारीमा प्रदेश नम्बरको एक पुनः...

किरात याक्थुङ चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा

दमक, १० चैत्र । याक्थुङ लिम्बु जातिको साझा संस्था किरात याक्थुङ् चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । मंगलबार झापाको चारआलीस्थित होटल नाङ्लोमा कियाचु संघीय समितिले पत्रकार सम्मेलन गर्दै झापाको भद्रपुर चन्द्रगढीमा...

चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशन झापामा हुँदै

दमक, ४ चैत । किरात याक्थुङ चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशन चैत १२, १३ र १४ गते तीन दिवसीय हुने भएको छ । झापाकाे भद्रपुर नगरपालिकास्थित चन्द्रगढीमा कियाचु झापाकाे व्यवस्थापन तथा भद्रपुर नगर शाखाको सह–व्यवस्थापनमा १२औं...