धनकुटाको महालक्ष्मी नगरमा लिम्बुवानको अन्तरक्रिया

 लिम्बुवान न्युज
                       

धनकुटा। धनकुटाको महालक्ष्मी नगरपालिका ९ मुर्तिढुङ्गामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्वुवान मञ्च नेपालले अन्तरक्रिया कार्यक्रम साथै वडा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ ।

मञ्चको मेचीकाली अभियानका प्रमुख अध्यक्ष कुमार लिङदेन मिराकद्वारा मञ्चको पछिल्लो राजनीति गतिविधि, भेटघाट र पार्टीद्वारा प्रकाशित राजनीतिक एजेण्डा पुस्तिकालाई गाउँगाउँ पु¥याउने अभियानलाई जोडन कार्यक्रमको आयोजना गरिएको हो ।

यस मेचीकाली अभियानको क्रममा महालक्ष्मी नगरपालिका ९ को वडा संगठन डम्बर मादेनको अध्यक्षतामा विस्तार गरिएको मञ्चका सचिवालय सदस्य सजन याक्खाले बताएका छन् ।

उक्त समितिको उपध्यक्षमा जय राज मादेन, सचिवमा अमृत तामाङ, सह–सचिवमा भरत लिम्बू, कोषध्यक्षमा सुमन मादेन चयन भएका छन् भने सदस्यहरूमा नीर बहादुर तामाङ, मान बहादुर तामाङ, गोकुल मादेन, सन्तोस मादेन, खडग बहादुर मादेन, डम्वर बहादुर मादेन, निर्मला तामाङ, राम माया लिम्वु, मुना बयालकोटी, बषन्ती मादेन रहेका छन् ।

त्यसैगरी सोही कार्यक्रममा लिम्बुवान भोलेन्टियर्स वार्ड कमाण्डरमा जयराज मादेन, राज मादेन, मान बहादुर राई र सुजन मादेनलाई नियुक्ति पत्र प्रदान गरिएको छ ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष विष्णु तुम्बाहाम्फे, संघीय अर्थसचिव विष्णु यक्सो, प्रान्तीय उपमहासचिव चन्द्रसिंह नेम्बाङ, सचिव राजु राई, संघीय सदस्यहरु चन्द्र कन्दङ्वा, सुर्य लिम्बु, सजन याक्खा लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सभाध्यक्षता महालक्ष्मी नगर समिति अध्यक्ष गुरु प्रसाद लिम्वुले गरेका थिए भने नगर सचिव पदम आङलाबाङले कार्यक्रम संचालन गरेका थिए ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;