कियाचुको झापा अध्यक्षमा सेसेहाङ् फियाक

,   लिम्बुवान न्युज
                       

दमक । लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ झापाको नयाँ नेतृत्व चयन भएको छ ।
शुक्रबार विर्तामोड स्थित जिल्ला चुम्लुङ भवनमा सम्पन्न ११औं जिल्ला अधिबेशनबाट भाषा, साहित्यसँगै पत्रकारितामा क्रियाशील दमक ५ निवासी सेसेहाङ फियाक अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

अधिबेशनले गठित ११ सदस्यीय जिल्ला समितिको उपाध्यक्षमा कालीबहादुर खेवाङ, सचिवमा प्रेमचन्द्र लिम्बू, सहसचिवमा कविन्द्र सेर्मा, कोषाध्यक्षमा धिरावती लिम्बू छन् त्यसैगरी सदस्यहरुमा दिलिप आङदेम्वे, धर्म लक्सम्बा, तारा लिम्बू, रुद्रबहादुर तवेवुङ, मनकुमारी पन्दाक र शर्मिला आङदेम्वे चयन भएका छन् ।

हल्दिवारी गाउँँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनको प्रमुख आतिथ्यता तथा चुम्लुङका केन्द्रीय उपाध्यक्ष गोविन्द आङबुहाङ, सचिव डा. योगेन्द्र पालुङवाको बिशेष आतिथ्यतामा भएको अधिबेशन उद्घाटनका अवसरमा चुम्लुङ अभियानमा योगदान पुरयाँएको भन्दै चुम्लुङकी पूर्व केन्द्रीय सदस्य राधा सुव्वालाई सम्मान गरिएको थियो ।

त्यस्तै, अधिबेशनको वन्दसत्रमा चुम्लुङ जिल्ला अध्यक्ष भक्त खेवाङले प्रस्तुत गरेको सांगठानिक र कोषाध्यक्ष गुमानसिंह सम्बाहाम्फेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरिएको थियो । अधिबेशन सम्पन्न गर्न चुम्लुङका अग्रज कृष्णकुमार थेवेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

सम्बन्धित समाचार

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

;