कियाचुको झापा अध्यक्षमा सेसेहाङ् फियाक

 लिम्बुवान न्युज
                       

दमक । लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ झापाको नयाँ नेतृत्व चयन भएको छ ।
शुक्रबार विर्तामोड स्थित जिल्ला चुम्लुङ भवनमा सम्पन्न ११औं जिल्ला अधिबेशनबाट भाषा, साहित्यसँगै पत्रकारितामा क्रियाशील दमक ५ निवासी सेसेहाङ फियाक अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

अधिबेशनले गठित ११ सदस्यीय जिल्ला समितिको उपाध्यक्षमा कालीबहादुर खेवाङ, सचिवमा प्रेमचन्द्र लिम्बू, सहसचिवमा कविन्द्र सेर्मा, कोषाध्यक्षमा धिरावती लिम्बू छन् त्यसैगरी सदस्यहरुमा दिलिप आङदेम्वे, धर्म लक्सम्बा, तारा लिम्बू, रुद्रबहादुर तवेवुङ, मनकुमारी पन्दाक र शर्मिला आङदेम्वे चयन भएका छन् ।

हल्दिवारी गाउँँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनको प्रमुख आतिथ्यता तथा चुम्लुङका केन्द्रीय उपाध्यक्ष गोविन्द आङबुहाङ, सचिव डा. योगेन्द्र पालुङवाको बिशेष आतिथ्यतामा भएको अधिबेशन उद्घाटनका अवसरमा चुम्लुङ अभियानमा योगदान पुरयाँएको भन्दै चुम्लुङकी पूर्व केन्द्रीय सदस्य राधा सुव्वालाई सम्मान गरिएको थियो ।

त्यस्तै, अधिबेशनको वन्दसत्रमा चुम्लुङ जिल्ला अध्यक्ष भक्त खेवाङले प्रस्तुत गरेको सांगठानिक र कोषाध्यक्ष गुमानसिंह सम्बाहाम्फेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरिएको थियो । अधिबेशन सम्पन्न गर्न चुम्लुङका अग्रज कृष्णकुमार थेवेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

सम्बन्धित समाचार

लिम्बुवान भोलेन्टियर्सका सह-कमाण्डर लाजेहाङ आइसियूमा

धरान, ९ चैत्र । संघीय लिम्बुवान प्रान्तीय मञ्च मातहत लिम्बुवान भोलेन्टियर्सका सह-कमाण्डर धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचार भईरहेको छ । उनी यहि चैत्र ५ गते विराटनगरको विरोध जनप्रदर्शनमा शसस्त्र प्रहरीसँगको...

घाइते आङदेम्बेलाई प्रतिष्ठानद्वारा आर्थिक सहयोग प्रदान

दमक, ८ चैत्र । शहीद राजकुमार आङदेम्बे ‘माङतोक’–मनिल तामाङ् स्मृति प्रतिष्ठानका उपाध्यक्ष दिपक आङदेम्बेका छोरा साम्योक आङदेम्बेलाई आर्थिक सहयोग प्रदान गरिएको छ । प्रदेश नं. १ पुनः नामाङकन संघर्ष समितिले गत चैत्र २८ गते गरेको...

‘कोशी’ प्रदेश नाम खारेजी आन्दोलनकाे कार्यक्रम पुनः घोषणा

दमक, ८ चैत्र । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले बुधबार फेरि आन्दोलनको कार्यक्रम विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको छ । षड्यन्त्रपूर्वक छलकपटपूणर् एवम् छापामार शैलीमा शासक जातीय एकल पहिचानको साम्प्रदायिक ‘कोशी’ प्रदेश...

शहीद मनिल तामाङको १४औं स्मृति दिवस मनाइयो

दमक, ७ चैत्र । राष्ट्रिय शहीद मनिल तामाङ्को १४औं स्मृति दिवसमा श्रद्धाञ्जली कार्यक्रम गरि विविध स्थानमा मनाइएको छ । २०६५ चैत्र ६ गते प्रहरीको गोली लागि धुलाबारीस्थित क्याम्पसमा शहादत्ता प्राप्त गरेका शहीद तामाङ्को स्मरण गर्दै...